चोरमारामा एकै ठाउँमा १७६ पोका रगत संकलन ,,८३ जान नयाँ रक्त दाता
प्रकाश रेग्मी । मध्यविन्दु
विक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत् खुल्ला रक्तदान कार्यक्रम चोरमारामा सम्पन्न भइएको छ । शविनावर बिहान ८ बजे बाट कार्यलय परिषदमा गरिएको रक्तदान कार्यक्रममा १७६ जनाले रक्तदान गरेको चोरमारा शाखा प्रमुख भिम बहादुर थनेतले बताउनु भयो । जसमा महिला २८ जना , पुरुष १४८ जना गरि १७६ जनाले रक्तदान गरेका हुन भने ८३ जनाले आज पहिलो पटक रक्तदान गरेको समेत थनेतले बताउनु भयो ।
कार्यक्रम विकु वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कालिदास गौडेलको अध्यक्षता र मध्यविन्दु नगर उप–प्रमुख पुर्णकला चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्नुहुँदै चौधरीले बिकुले गरिरहेको समाजिक कार्यहरू सबैले थाहा पाईरहेको बताउदै सामाजिक कार्यमा लागि रहन अनुरोध गर्नु भएको थियो । उहाँले पछिल्लो समय सहकारीहरू बारेमा प्रश्न उठि रहेको छन, “जुन आर्थिक पाटोका कारण मात्र आउने गर्छ” यस्तो पाटोलाई ख्याल गरेर काम गर्ने अनुरोध गर्दै चौधरीले ३४ औं बर्षको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा वडा नम्बर ७ को वडा अध्यक्ष कर्णबहादुर मल्लले सदस्यहरूको बचतको सहि सदुपयोग गर्न सके मात्र सहकारी सफल हुने बताउदै आग्रमी दिनको सफलताको शुभकामना लिनु भएको थियो।
कार्यक्रममा संस्थाका चोरमारा शाखाका संयोजक देवफाल काफ्लेले संस्थाले यस क्षेत्रको शैक्षिक देखि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउदै विद्यालय विकू कार्यक्रम सञ्चालन गरेको समेत जानकारी दिनु भयो ।
कार्यक्रममा वडा नम्बर ५,६,७ का अध्यक्षहरू क्रमश गणेश प्रसाद पाठक ,लाभ प्रसाद पाठक, कर्णबहादुर मल्ल , कार्यपालिका सदस्य प्रकाश परियार, शिव कुमारी मल्ल , वडा सदस्यहरू, रेडक्रस, रगत सङ्कलनमा सहयोग गर्ने बिभिन्न संघ संस्थाका समिति, विभिन्न विद्यालयका प्रध्यानाध्यापक , संघ संस्थाका प्रतिनिधी , समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको समापन गर्दै संस्थाका उपाध्यक्ष कालिदास गौडेल ले शनिबारबाट विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३४ औँ वार्षिकोत्सवका कार्यक्रम गरेको बताउनु भयो ।उहाँले वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत संकलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विकले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको बताउनु भयो।
विकले आज चोरमारा सहित हर्कुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
यसैगरी संस्थाले भाद्र १ गतेपनि तिन वटा सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ३४ औँ वार्षिकोत्सवका अवसरमा ट्राफिक सचेतना कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, सरसफाई तथा वृक्षरोपण कार्यक्रम लगायतका कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
सञ्जय र एलिनाको गितमा दुर्गेशको धमाकेदार प्रस्तुती
नवगायक सञ्जय देवकोटाको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । देवकोटा र एलिना चौहानको स्वरमा पहिलो गीत ‘कुरा बुझिदेउ न’ सार्वजनिक भएको हो
उपभोक्तालाई ५०% छुटमा धारा जडान गर्दै खानेपानी ।
मध्यविन्दु ४ मा रहेको नारायणी सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था ले ५०%छुट का साथ धारा जडानको सेहरि सितापुर समुदायमा छलफल सम्पन्न
नारायणी नदी कटान नियन्त्रणमा मेयर अधिाकारीको चाँसो ।
नारायणी नदी कटान नियन्त्रणमा मेयर अधिाकारीको चाँसो चाँसो देखीएको छ । नवलपरासी पुर्वको मध्यविन्दु गरपालिका वडा नं. २, ३, ४, ६, १२ र १५ मा वर्षेनी हुने







प्रतिकृया दिनुहोस