सुकुम्बासीमाथि दमन भएको भन्दै मध्यविन्दु नगरप्रमुख अधिकारीको सरकारप्रति कडा असन्तुष्टि
प्रिय धन , नवलपुर , १९ बैशाख २०८३ , शनिबार ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले जनमतका आधारमा गठन भएको युवा नेतृत्वको सरकारबाट अपेक्षित सुधार नदेखिएको टिप्पणी गर्नुभएको हो।
नगरप्रमुख अधिकारीले सरकारका निर्णय र गतिविधिहरूले जनतामा आशाभन्दा निराशा बढाएको अनुभूति भइरहेको बताउनुभयो। “छिटो सुधार गर्ने हुटहुटी देखिए पनि हरेक निर्णयले सरकारको आयुमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ,” उहाँले उल्लेख गर्नुभएको छ।
उहाँले पछिल्लो समय सरकारबाट जारी भएका परिपत्र, निर्णय तथा सेना–प्रहरी परिचालनप्रति आपत्ति जनाउँदै यस्तो अभ्यासले लोकतान्त्रिक शासनको सट्टा निरंकुश शैली झल्किएको टिप्पणी गर्नुभयो। तीन तहका सरकार हुँदाहुँदै नागरिकमाथि सूचना संकलनका नाममा सुरक्षाकर्मी परिचालन गर्नु उपयुक्त नभएको उहाँको भनाइ छ।
नगरप्रमुख अधिकारीले सुकुम्बासी बस्तीमाथि भएको दमन, बल प्रयोग तथा सुरक्षा निकाय परिचालनप्रति गम्भीर आपत्ति जनाउँदै यसले नागरिकमा त्रास र आतंक सिर्जना गरेको बताउनुभयो। “गाँस, बास र आवासको अधिकार सुनिश्चित गर्नुपर्ने राज्यले उल्टै पीडित नागरिकलाई दबाबमा पार्नु दुःखद हो,” उहाँले उल्लेख गर्नुभयो।
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा विपन्न नागरिकको समस्या दशकौँदेखि समाधान हुन नसक्नु राज्य संयन्त्रकै कमजोरी भएको उहाँले औंल्याउनुभयो। समस्या समाधानका लागि संवाद र व्यवहारिक नीतिको आवश्यकता औंल्याउँदै बल प्रयोगबाट समाधान नखोज्न आग्रह गर्नुभएको छ।
नगरप्रमुख अधिकारीले स्थानीय सरकारको तर्फबाट स्पष्ट धारणा राख्दै सुकुम्बासी समस्याको समाधान दमन होइन, संवादमार्फत खोजिनुपर्ने बताउनुभयो। प्रभावित परिवारहरूको सुरक्षा, सम्मान र वैकल्पिक व्यवस्थापन सुनिश्चित गर्न तथा अनावश्यक बल प्रयोग तुरुन्त रोक्न उहाँले संघीय सरकारसँग माग गर्नुभएको छ।
“राज्य बलियो हुनु भनेको कमजोरमाथि दबाब दिनु होइन, उनीहरूको अधिकारको रक्षा गर्नु हो,” उहाँले उल्लेख गर्नुभएको छ।
अन्त्यमा उहाँले सरकार यस्तै शैलीमा अघि बढे जनताले प्रतिवाद गर्न बाध्य हुनसक्ने चेतावनी दिँदै जनमतको दुरुपयोग नगर्न र सुझबुझपूर्ण निर्णय गर्न आग्रह गर्नुभएको छ।
मध्यविन्दु नगर अस्पतालमा निःशुल्क ENT विशेषज्ञ सेवा सुरु हुँदै, प्रत्येक मंगलबार नियमित सेवा उपलब्ध हुने
मध्यबिन्दु नगरपालिका मध्यविन्दु नगरपालिकास्थित मध्यविन्दु नगर अस्पतालले सर्वसाधारण नागरिकलाई लक्षित गर्दै निःशुल्क नाक, कान तथा घाँटी (ENT)
सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्जको ९ औँ वार्षिक साधारण सभा सम्पन्न ।
प्रिय धन, नवलपुर । १८ बैशाख २०८३ , शुक्रबार । मध्यनेपाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो दर्पण एफएम ९९.२
नवलपुरमा ५ वर्षयता डेढेलोका घटना कम हुँदै
नवलपुर । नवलपुर जिल्लामा विगत ५ वर्षमा ९ सय ४९ वटा वन डढेलोका घटना अभिलेखमा दर्ता भएका छन् । देशभरिमै नवलपुर जिल्ला डढेलोका लागि उच्च जोखिम रहेको




प्रतिकृया दिनुहोस