मध्यविन्दु नगरपालिकामा प्यान वितरण सेवा शुभारम्भ l
मध्यविन्दु नगरपालिकामा स्थायी लेखा नम्बर (PAN) वितरण सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नगरपालिकाबाटै स्थायी लेखा नम्बर प्राप्त गर्न सकिने भएपछि अब मध्यविन्दु नगरवासीलाई प्यान बनाउनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने भएको छ।
मध्यविन्दु नगरपालिका र आन्तरिक राजस्व कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच भएको समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरपालिकाबाटै प्यान वितरण सेवा सुरु गरिएको हो। स्थानीय तहबाटै सेवा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको यस सेवाले नगरवासीलाई करसम्बन्धी सेवा लिन थप सहज हुने मध्यविन्दु नगरपलिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । सेवा शुभारम्भकै अवसरमा मध्यविन्दु नगरपालिकाबाट आरतीदेवी सिग्देलले पहिलो स्थायी लेखा नम्बर (PAN) प्राप्त गर्नुभएको छ। पहिलो प्यान वितरणसँगै नगरपालिकाबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको हो।
यसअघि प्यान बनाउनका लागि आन्तरिक राजस्व कार्यालय कावासोतीसम्म पुग्नुपर्ने अवस्था रहेकामा अब नगरपालिकामै आवश्यक प्रक्रिया पूरा गरी स्थायी लेखा नम्बर लिन सकिने भएको छ। विशेषगरी व्यवसाय सञ्चालन गर्ने, रोजगारी तथा पेशागत गतिविधिमा संलग्न हुने र करसम्बन्धी विभिन्न कामका लागि प्यान आवश्यक पर्ने नगरवासीलाई यस सेवाबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। सेवा शुभारम्भ कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री लगायत आन्तरिक राजस्व कार्यालय, कावासोतीका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध गराउन सकिएमा नागरिकको समय, खर्च र झन्झट कम हुने तथा कर प्रशासनलाई समेत थप प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरिएको थियो। नगरपालिकाबाट प्यान वितरण सेवा सुरु भएपछि करदातालाई सहज रूपमा सेवा उपलब्ध गराउँदै स्थानीयस्तरमा कर सचेतना र कर सहभागिता बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मध्यविन्दु नगरपालिकाले नगरवासीलाई स्थानीय तहमै सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यअनुसार विभिन्न सेवाहरू विस्तार गर्दै आएको छ। प्यान वितरण सेवा पनि नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने महत्वपूर्ण सेवाका रूपमा सुरु गरिएको नगरपालिकाले जनाएको छ। अब मध्यविन्दु नगरपालिकाभित्रका नागरिक तथा व्यवसायीले प्यानसम्बन्धी सेवा लिन आवश्यक कागजातसहित नगरपालिका कार्यालयबाटै सेवा प्राप्त गर्न सक्नेछन्। यससँगै करसम्बन्धी कामका लागि सदरमुकाम वा सम्बन्धित राजस्व कार्यालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई स्थानीयस्तरमै सेवा प्राप्त गर्ने वातावरण बनेको छ।
जन्मदिनमा विद्यार्थीको अनुकरणीय कार्य : लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसालाई गमला उपहार
नवलपुरको मध्यविन्दु नगरपालिका–७, अम्रसास्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरूले जन्मदिनलाई सिर्जनशील र सामाजिक उत्तरदायित्वसँग
नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त
नवलपुरको मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त हुनुभएको छ। क्याम्पस
मध्यविन्दु नगर अस्पतालमा निःशुल्क ENT विशेषज्ञ सेवा सुरु हुँदै, प्रत्येक मंगलबार नियमित सेवा उपलब्ध हुने
मध्यबिन्दु नगरपालिका मध्यविन्दु नगरपालिकास्थित मध्यविन्दु नगर अस्पतालले सर्वसाधारण नागरिकलाई लक्षित गर्दै निःशुल्क नाक, कान तथा घाँटी (ENT)





प्रतिकृया दिनुहोस