बिधि र विधानका कुरा गर्ने माधव नेपाल देउवाका सारथि !
भिमलाल अधिकारी
युबराज दीपेन्द्रले वंश बिनास गर्यो भन्दा नपत्याउने मानिसहरु पनि थिए र छन् । तर अहिले सम्मको प्राप्त प्रमाणको आधारमा भन्न सकिन्छ त्यो बिनास दिपेन्द्रले नै गरेको हो ।
कहिले काहिँ इतिहासमा सोच्नै नसक्ने घटनाहरु हुन्छन् । त्यस्तै एउटा घटना हो एमाले नेता माधब नेपाल सहित २३ जना सांसदहरुले निभाएको अराजनीतिक चरित्र । आफ्नै पार्र्टी विरुद्ध विपक्षी संगको साठगाठ मार्फत नेता नेपालले एमालेमा आवद्ध र प्रतिवद्ध लाखौं कार्यकर्ताको विश्वास र भसोरा माथि हत्या गरेका छन् । अनि सिंगो देशलाई नै अनिश्चितताको भूमरी तर्फ धलेका छन् । उनकै पछि लाग्नेहरुको चुरीफुरी पनि शेर बहादुर देउवाको फरिया भित्र केही दिनको लागि मात्र हो । समयले क्रमशः त्यसलाई प्रमाणित गर्दै लैजाने छ । आफ्नै पार्टीको सरकारलाई ढालेर कंग्रेसको सरकार निर्माणमा लाउनेहरु अझै गल्ती अरुको देखाउदै हिड्नु कहाँ सम्मको पटमुर्खता हो ?
गल्ती हजारौ हुन्छन्, त्यसको हल निस्कन्छ अनि सामाधान हुन पर्दछ । तर, आन्तरिक रुपमा कमिकमजोरी भयो भन्दैमा घरमा आगो लगाएर परिवारका सदस्यलाई बिचल्ली पार्न कम्मर कसेर लाग्ने लाई गद्दार मात्रै होइन हत्यारा पनि भन्ने गरिन्छ ?
मैले यस्तो भनि रहदा पार्टी अध्यक्ष केपी ओलिको पक्षपोषण गर्यो । माधब नेपालको खोइरो खन्यो भन्नेहरु पनि होलान् । म आखाँमा पट्टी कसेर कसैको समर्थन र बिरोध गर्ने पक्षमा छैन । माधव नेपालले विगतमा गरेका र भनेका कतिपय राम्रा कुराहरुको सम्झना अझैपनि मेरो दिमाखमा ताजा नै छ । अनि केपी ओलिले गल्ती नै गर्दैनन्, उनि भगवान हुन भन्ने पक्षमा कहिल्यै थिइन र हैन पनि । ओलि निकटका केही नेताहरु व्यक्तिगत चरित्र र गतिविधि पनि आजको अवस्था सृजना हुनुको एउटा कारण हो भन्ने लाग्छ तर जे जस्तो अवस्था भएता पनि पार्टीका कार्यकर्ताले निर्वाचित गरेको अध्यक्ष र जनताले चुनेको प्रधानमन्त्रीलाई सडकबाटै कारवाही गरेको नौटङ्की गर्नेहरु आफुहरुलाई विधिबादी भन्दैछन् ।

आजको मुख्य कुरा पद तथा सत्तामोहमा र केहीशक्ति केन्द्रको इसारामा पार्र्टीमा बिखण्डन निम्त्याउने, कार्यकर्ताको रगत, पसिना र लगानी बाट निर्माण भएको पार्टीलाई आफ्नो व्यक्तिगत सम्पती सम्झने अपराधि मनोवृत्तिका माधव नेपाल र उनका पछि लागेका नालायक कथित नेताहरु प्रतिको हिनता बोध र बितृष्णा हो ।
पुँजीबादीधार बोकेका पार्टीहरु केही सिमित व्यक्तिहरुको लगानी र स्वार्थबाट गठन तथा सञ्चालित हुन्छन् भने यानिकी कम्युनिष्ट पार्टी नेकपा एमाले पार्र्टी श्रमिक, किसान, मजदुर र कार्यकर्ताको पसिना र श्रम बेचेर मासिक रुपमालगानी गरेर चलेको पार्र्टी हो । त्यहीं पसिना र रगतमा आज होलि खेल्ने हरु “नालायक हौ मुर्दाबाद ! मुर्दाबाद !!”
कार्यकर्ताले तिरेको लेवि खाएर आज सत्तामा पुग्दा भोको मान्छेले कुबेरको भकारी देखेर हकानिएजस्तो लोभ र अहंकारले उन्माद भै जनताको दुःख बिर्सने “नालायक हो मुर्दाबाद !”
आम कार्यकर्ता र जनतामा आफ्नो छुट्टै पहिचान स्थापित नेकपा एमाले संगठित र व्यवस्थित पार्र्टी थियो । जुनविधि, विद्यान र संगठनले निर्दिष्ट गरेको मार्गमा सञ्चालन हुन्थ्यो । यो बिचमा पार्र्टी एकता पछि देखिएको अराजकता, असांगठनिक गतिविधि पार्र्टी बिभाजन र एमालेको पुर्नःगठन सम्म नै देखियो । त्यसको असर अहिले आफ्नै घर जलेर खरानी बनाएर कुनै हिनताबोध बिना उत्सब मनाउनेहरुको जमात र त्यसको नेतृत्व गर्ने माधव नेपालको प्रति आम कार्यकर्तामा बितृष्ण हुनु स्वभाविक हो ।
विगतमा पार्र्टी एकता पस्चात अध्यक्ष केपि ओलिले प्रचण्ड र मधाबदुवै पक्षलाई समेटेर अगाडीबढ्न नसक्नुमा केही कमजोरी अवश्य छ । तर, ओलिबाट भएका ति कमजोरीको अगाडी माधव नेपालले देखाएको अहिलेको यो हर्कतको कुनै तुलना हुनै सक्दैन उनको त्यो हर्कतको अगाडी केपीको कमजोरी शून्य भैसक्यो !
पार्टी भित्रको अन्तर कलहको कारण अझ पार्र्टी अध्यक्ष ओलिकै भाषामा जनादेशबाट होइन परमादेश बाट प्रधानमन्त्री बाट बहिर्गमन भएपनि प्रधानमन्त्रीको रुपमा राष्ट्रिय एकता, देशको नक्सा सार्वजनिक, अन्र्तराष्ट्रिय सम्बन्ध निर्माण, प्रष्ट राष्ट्रिय नीति प्रदर्शन, बिकासको आधारशिला तयार, पृथकतावादीहरुलाई मुल प्रवाहमा समाहित गर्ने ओलिको कार्य इतिहासमा सुवर्ण अक्षरमा लेखिनेछ । सबै भन्दा ठुलो विषय इच्छा शक्ति हो जुन इच्छा शक्ति ओलिले प्रदर्शन गरे त्यसबाट जनतामा जुन किसिमको उर्जा प्राप्त भयो त्यो बिरलै प्राप्त हुन्छ । त्यसको उदाहरण ओलिको बर्हिगमन पस्चात प्रधानमन्त्री बनेका शेर बहादुर देउवालाई नै हेर्नुस् न । पटकपटक नलायक भनेर प्रमाणित भएका देउवा प्रधानमन्त्री हुदाँ खुशी हुने माधव, प्रचण्ड र कांग्रेस भित्रकापनि केही सिमित भित्रिया भन्दा अरु कोही छैन । आम युवा वर्ग, व्यवसायि, अन्र्तराष्ट्रिय समुदाय कसैमा पनि अहिले कुनै उत्साह र आशा छैन ।
अब एमालेलाई अहिलेको यहीं सत्ता दाउपेचमा लाग्ने र आन्तरिक कलहको व्यवस्थापन नगर्ने छुट कदापी छैन । एमालेको सिंगो पार्र्टी पंक्ति र आमकार्यकर्तामा अहिले आफ्नै घर जलाएर दिपावली गर्ने पार्र्टीका नालायक नेताहरुको कारण केही नैरश्यता पैदा भएको छ । अब फेरी पार्र्टीमा उहीं मोलमोलाई, दाउपेच र पदको बार्गेनिङ्ग आमकार्यकर्ता लाई किमार्थ स्वीकार्य छैन । नेतृत्वमा रहेका नेताहरुले यो कहिल्यै भुल्न हुदैन कि यो पार्र्टी श्रमिक, किसान, मजदुर र कार्यकर्ताको पसिना र श्रमबाट निर्माण भएको पार्र्टी हो । केही सिमित व्यक्तिले मात्रै निर्माण गरेको पार्र्टी होइन ।
समय, कालखण्ड र विभिन्न परिस्थितिमा आमकार्यकर्ताहरुमा देखिएको नैरश्यक्तालाई शक्तिमा परिवर्तन गर्दै यहाँ सम्म आएको पार्र्टीलाई फेरी गाउँ र बस्तीबाट उठाउने दायित्व आम पार्र्टी पंक्तिमा आएको छ ।
एमाले पार्टी गठन हुदाँ देखिबाट तय गरिएका लक्ष्यहरु प्राप्तीको लागि हामी निरन्तर एउटा यात्रामा छौं । यो यात्रामा केही जोडिने र केही छुट्ने भइरहेकै छ । हिजो सिपीहरु छुटे, छुटेका बामदेवहरु फेरी जोडिए । त्यसैले हामीले तय गरेको यात्रामा पुग्न फेरी कसैलाई कुर्न र पछाडी फर्कन जरुरी छैन । अब माधव नेपाल र उनका पछौंटेहरु छुटे भनेर पछुतो मान्ने हैन आफ्नै घर जलाउनेहरुलाई छाडियो भनेर गर्व गर्न आवश्यक छ ।
मातृभुमि छाडेर जाँदा मन भक्कानिएर आँखाभरि आँसु झरेको छ l
युवा खाडिमा गए , गाउँ सुनसान छ l आदेश ज्ञवाली , १५ जेष्ठ २०८२ । गणतन्त्र दिवसको सबै नेपालीहरुमा शुभकामना l बढ्दो बेरोजगारी र घरमै परिश्रम
पुर्व प्रधानमन्त्री प्रचण्ड फागुन २६ गते पश्चिम नवलपरासी आउने
मध्यविन्दु l नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आगामी फागुन २६ गते पश्चिम नवलपरासी आउनु हुने भएको छ ।







प्रतिकृया दिनुहोस