पुर्व प्रधानमन्त्री प्रचण्ड फागुन २६ गते पश्चिम नवलपरासी आउने
मध्यविन्दु l
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आगामी फागुन २६ गते पश्चिम नवलपरासी आउनु हुने भएको छ । माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी: तराई–मधेश जागरण अभियान” अन्तरगत फागुन २६ गते बेलुका प्रचण्ड पश्चिम नवलपरासी आउनुहुने भएको हो ।
२६ गते बेलुका प्रचण्ड बर्दघाट हुँदै विनयी त्रिवेणी गाउँपालिका अन्तरगत पर्ने त्रिवेणीमा बास बस्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका पश्चिम नवलपरासी जिल्ला संयोजक रामानन्द यादवले जानकारी दिनुभएको छ । २७ गते विहान देखि प्रचण्ड पश्चिम नवलपरासीका कार्यक्रमहरुमा सहभागी हुने संयोजक यादवले बताउनुभयो ।
२७ गते विहान प्रचण्ड सुस्ता गाउँपालिकाको अनोमाघाट लगायतका स्थानहरुमा अवलोकन गर्ने कार्यक्रम रहेको छ भने प्रतापपुर गाउँपालिकाको बेलाटारीमा अभियान अन्तरगत सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै अभियानको क्रममा जिल्ला सदरमुकाम परासीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ l परासीको कार्यक्रम पश्चात सुनवल हुदैँ रुपन्देही प्रस्थान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
मातृभुमि छाडेर जाँदा मन भक्कानिएर आँखाभरि आँसु झरेको छ l
युवा खाडिमा गए , गाउँ सुनसान छ l आदेश ज्ञवाली , १५ जेष्ठ २०८२ । गणतन्त्र दिवसको सबै नेपालीहरुमा शुभकामना l बढ्दो बेरोजगारी र घरमै परिश्रम
बिधि र विधानका कुरा गर्ने माधव नेपाल देउवाका सारथि !
भिमलाल अधिकारी युबराज दीपेन्द्रले वंश बिनास गर्यो भन्दा नपत्याउने मानिसहरु पनि थिए र छन् । तर अहिले सम्मको प्राप्त प्रमाणको आधारमा भन्न सकिन्छ त्यो







प्रतिकृया दिनुहोस