मातृभुमि छाडेर जाँदा मन भक्कानिएर आँखाभरि आँसु झरेको छ l

आदेश ज्ञवाली

युवा खाडिमा गए ,   गाउँ सुनसान छ l

आदेश ज्ञवाली , १५  जेष्ठ २०८२ ।

गणतन्त्र  दिवसको  सबै नेपालीहरुमा शुभकामना l बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउंदा मेरो समाजबाट दैनिक म जस्ता दर्जनौं युवाहरु विदेश गइरहेका छन् । धेरै जसो गाउँ युवाविहीन भएका छन् । बुढाबुढी, केटाकेटी र महिलामात्र गाउँमा देखिन्छन् । समाजमा अहिले मलामी जाने मान्छे पाउन गारो छ l

जिल्ला प्रशासन कार्यालयमा दैनिक राहदानी बनाउन फारम भर्ने युवाहरुको भिड थामी नसक्नुको हुन्छ । वडा कार्यालयमा पनि  सिफारिस लिने र नाता प्रमाणित गर्नेको भिड धेरै हुने गरेको छ l  

मासिक सरदर १ हजार २ सयदेखि १ हजार ३ सयसम्म आवदेन पर्छ,छिट्टै राहदानी चाहिनेहरु काठमाडौं पुगेर पनि बनाएका छन् धेरै जसोले जिल्लाबाटै राहदानी बनाउने गरेका छन्  l

विदेश जाने अधिकांश १८ देखि माथि ४० बर्षसम्मका युवाहरु छन् । योग्यता अनुसारको जागिर, तलब नपाउंदा र घरमै व्यवसाय सञ्चालन गर्न डराउंदा युवाहरु बिदेशिने क्रम बढेको हो । हुन पनि किन नडराउन् ? जसो तसो गरी  ऋण गरेर व्यवसाय सन्चालन गर्यो न त बजार छ न त मूल्य l धेरै जसो बिदेश जानेमा  घरको सम्पत्ति बेचेर र ऋण गरेर बिदेश जाने  म जस्ता युवाहरु धेरै छन्  आज यो समाजमा  l

हाल यहाँ केही गर्न नसके पनि ५,७ बर्ष विदेश बसेर भए पनि आफ्नै लगानिमा केही गरौंला भनेर विदेश पलाएन् हुने म जस्ता युवा खाडि पसेका छन् l  युरोप , अस्ट्रेलिया , क्यानडा , अमेरिका , जापान जाने अधिकांशको सोंच भने यहाँ आउने नै छैन् , त्यहि देशको कार्ड लिने र उतै बस्ने धेरैको सोच छ l  

अन्त्यमा :

अहिले सम्म सामाजिक काम गर्दै आईरहदा एक्कासी आज  आफ्नो जन्मथलो ,आफ्नो मातृभुमि छाडेर जाँदा मन भक्कानिएर आँखाभरि आँसु झरेको छ l   समाज परिवर्तन गर्न हिंडेका हातहरु आज जीवन परिवर्तन गर्न खाडि पसेको छ l म जस्ता कैयौं युवाहरुलाई   मेरो एउटा सन्देश छ " हामीले कर्मभुमि बिदेश बनाएपनि  आफ्नो स्वास्थ्यको ख्याल गरौँ , केही बर्ष बिदेश बसेपनि अन्तमा देशमा आएर लगानी गरौँ , देशमै केही गरौँ  , बिदेशीको सधै भरि गुलामी नबनौं  l

 

आदेश ज्ञवाली नवलपुरको मध्यविन्दु नगरपालिका ५ बाघखोर निवासी हुनुहुन्छ l बाघखोर युवा क्लवका संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँ विभिन्न सामाजिक कार्यमा सक्रिय रहनुभएको थियो l जेठ १५ गते ( आज ) उहाँको वैदेशिक रोजगारीका लागि फ्लाइट छ l

प्रतिकृया दिनुहोस

पुर्व प्रधानमन्त्री  प्रचण्ड फागुन २६ गते पश्चिम नवलपरासी आउने

मध्यविन्दु l नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आगामी फागुन २६ गते पश्चिम नवलपरासी आउनु हुने भएको छ ।

बिधि र विधानका कुरा गर्ने माधव नेपाल देउवाका सारथि !

भिमलाल अधिकारी युबराज दीपेन्द्रले वंश बिनास गर्यो भन्दा नपत्याउने मानिसहरु पनि थिए र छन् । तर अहिले सम्मको प्राप्त प्रमाणको आधारमा भन्न सकिन्छ त्यो