न्यु हरियाली सामुदायिक वन उपभोक्ता समूह मध्यबिन्दु ४ र ५ को अध्यक्षमा विष्णुप्रसाद न्यौपाने निर्वाचित
प्रिय धन , नवलपुर । २२ चैत्र २०८२ , आइतबार ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ४ र ५ मा रहेको न्यु हरियाली सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमितिको अध्यक्षमा विष्णु प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ। हिजो शनिबार संस्थाको आफ्नै भवनमा भएको निर्वाचनमा २९१ मत सहित न्यौपाने विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी जित नारायण महतोले २८३ मत प्राप्त गर्नुभएको थियो। यस्तै उपाध्यक्ष पदमा नविना थापा मगर ३१३ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी राजकुमार श्रेष्ठले २२८ मत प्राप्त गर्नुभएको थियो। यसैगरी कोषाध्यक्ष पदमा तुलसा मल्ल २८६ मत सहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी तिलकुमारी महतोले २५४ मत प्राप्त गर्नुभएको थियो। सचिवमा यम कुमारी महतोले ३६५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने कमला रिमालले १७६ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी सहसचिवमा कुसुम महत्तो ३३३ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी ज्ञानकुमारी महत्वले १९८ मत प्राप्त गर्नुभएको थियो। यस्तै लेखा समिति संयोजक पदमा कान्तमणि चौधरी ३३२ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी धनबहादुर खत्री क्षेत्रीले १९३ मत प्राप्त गर्नुभएको थियो। यस्तै कार्यसमितिका सदस्यहरूमा सीता थापा क्षेत्री, सरस्वती थापा क्षेत्री, सुन्दरी माया महतो, अनिता बिक, चोम नारायण महतो, रनु नेपाली , सिखाराम चौधरी र विष्णु थापा निर्वाचित हुनुभएको छ ।
त्यस्तै लेखा समिति सदस्य पदमा सुष्मा महतो र तेजेन्द्र हमाल निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक सतिश राइले जानकारी दिनुभयो ।
गत पुसको १९ गते भएको साधारण सभाबाट अधिवेशन हुन नसकेपछि चुनावै हुने स्थिति सिर्जना भएको हो। चुनाव हिजो २१ गते शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म संस्थाको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो।
![]()
जन्मदिनमा विद्यार्थीको अनुकरणीय कार्य : लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसालाई गमला उपहार
नवलपुरको मध्यविन्दु नगरपालिका–७, अम्रसास्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरूले जन्मदिनलाई सिर्जनशील र सामाजिक उत्तरदायित्वसँग
नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त
नवलपुरको मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त हुनुभएको छ। क्याम्पस
मध्यविन्दु नगरपालिकामा प्यान वितरण सेवा शुभारम्भ l
मध्यविन्दु नगरपालिकामा स्थायी लेखा नम्बर (PAN) वितरण सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नगरपालिकाबाटै स्थायी लेखा नम्बर प्राप्त गर्न सकिने भएपछि अब




प्रतिकृया दिनुहोस