सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्जको ९ औँ वार्षिक साधारण सभा सम्पन्न ।
प्रिय धन, नवलपुर । १८ बैशाख २०८३ , शुक्रबार ।
मध्यनेपाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्जको ९ औँ वार्षिक साधारण सभा आज वैशाख १८ गते शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष ध्रुव प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। त्यस्तै, नगर उपप्रमुख पूर्णकला चौधरी विशिष्ट अतिथिको रूपमा उपस्थित रहनु भएको थियो भने गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा र मध्यविन्दु नगरपालिका–७ का वडा अध्यक्ष कर्ण बहादुर मल्ल विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, शेयर सदस्यहरू तथा सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले सामुदायिक रेडियोले स्थानीय स्तरमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सामाजिक रूपान्तरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले स्थानीय सञ्चारमाध्यमले लोकतन्त्रको सुदृढीकरण र जनताको आवाज मुखरित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सामुदायिक रेडियोहरूले दुर्गम क्षेत्रका नागरिकहरूको आवाजलाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले महिलाको सशक्तिकरण, शिक्षा र स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू प्रसारणमा सामुदायिक रेडियोको योगदान उल्लेखनीय रहेको धारणा राख्नुभयो।
यसैगरी विशेष अतिथि श्रीधर शर्माले खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई प्रेरित गर्ने कार्यक्रमहरू उत्पादनमा रेडियोले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो भने मध्यविन्दु ७ का वडा अध्यक्ष कर्ण बहादुर मल्लले स्थानीय तह र सञ्चारमाध्यमबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिव कुमार भण्डारी र समाचार प्रमुख प्रिय धनले संयुक्त रूपमा गर्नुभएको थियो भने उपाध्यक्ष बिन्दु कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। सहभागीहरूले प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको दीगो विकास, कार्यक्रमको गुणस्तर अभिवृद्धि र प्रविधि विस्तारमा जोड दिनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष तिवारीले सबै अतिथि तथा सहभागीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, जनमुखी र उत्तरदायी प्रसारण सेवामार्फत समुदायसँग जोडिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मध्यविन्दु नगर अस्पतालमा निःशुल्क ENT विशेषज्ञ सेवा सुरु हुँदै, प्रत्येक मंगलबार नियमित सेवा उपलब्ध हुने
मध्यबिन्दु नगरपालिका मध्यविन्दु नगरपालिकास्थित मध्यविन्दु नगर अस्पतालले सर्वसाधारण नागरिकलाई लक्षित गर्दै निःशुल्क नाक, कान तथा घाँटी (ENT)
सुकुम्बासीमाथि दमन भएको भन्दै मध्यविन्दु नगरप्रमुख अधिकारीको सरकारप्रति कडा असन्तुष्टि
प्रिय धन , नवलपुर , १९ बैशाख २०८३ , शनिबार । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले सरकारका पछिल्ला गतिविधिप्रति
नवलपुरमा ५ वर्षयता डेढेलोका घटना कम हुँदै
नवलपुर । नवलपुर जिल्लामा विगत ५ वर्षमा ९ सय ४९ वटा वन डढेलोका घटना अभिलेखमा दर्ता भएका छन् । देशभरिमै नवलपुर जिल्ला डढेलोका लागि उच्च जोखिम रहेको




प्रतिकृया दिनुहोस