दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द

तस्वीर : हुप्सेकोट ३ गिरुवारी चौपारीमा यसवर्ष हालिएको पिङ

प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार । 

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि स्थापना गरिएको छ। तर, खेल्ने मान्छे खासै नभएकाले पिङले आफ्नो पुरानो आकर्षण गुमाउँदै गएको देखिएको छ। 

विगत आठ–दस वर्षअघि दशैंमा लिङ्गे पिङ खेल्नका लागि पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो। गाउँका बच्चादेखि वृद्धसम्म पनि पालैपालो पिङमा झुन्डिन पुगेका दृश्यहरूले दशैंलाई अझै रमाइलो बनाउँथ्यो। तर अहिले अवस्था पूर्ण रूपमा उल्टो भएको छ। अहिले पिङमा झुन्डिन जाने मान्छे पाउनै कठिन भएको, सानासाना बच्चाहरू बाहेक अन्य उमेरका मानिसहरू खेल्नै छोडेको देखिएको छ। 

यसरी परम्परागत खेलमा युवाको रुचि घट्नुका कारणबारे हुप्सेकोट–३ गिरुबारीका स्थानीय ईश्वरी प्रसाद रेग्मी भन्नुहुन्छ, “यो अवस्था हुनुमा राष्ट्रको रोजगारी नीतिले पनि ठूलो असर गरेको छ। कामको खोजीमा धेरै युवा विदेश जान बाध्य छन्, गाउँमै बस्नेहरू निकै कम भएकाले सामूहिक खेलधुला हराउँदै गएको हो।” 

त्यस्तै, अर्का स्थानीय बासिन्दा मुक्त बहादुर गुरुङले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “अहिले युवा पुस्तालाई प्रविधिले निकै छोएको छ। पहिले दशैंको समयमा साथीभाइ जम्मा भई पिङ खेल्ने चलन थियो, तर अहिले धेरैजसो घरमै मोबाइल हेरेर बस्ने परम्परा बढेको छ। यसले गर्दा चाडबाडमा सामूहिक रमाइलो हराउँदै गएको छ।”

यस्तै हुप्सेकोट ३ बेलाहानीका मदन थापा बयम्बु पनि पहिले आफूहरूले काँस मार्फत लिंगेपिन हाल्ने गरेको र अहिले बजारिया लट्ठाको प्रयोग भएकाले पनि महत्त्व घट्दै गएको स्वीकार गर्नुहुन्छ  । 

स्थानीयहरूले भने लिङ्गे पिङ राख्ने चलनलाई अझै निरन्तरता दिइरहेका छन्। उनीहरूको भनाइमा, परम्परागत संस्कृतिको चिनारी जोगाइराख्नकै लागि भए पनि पिङ राख्ने चलन अझै बाँचिरहेको हो। 

यसरी दशैंलाई मात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचानलाई समेत प्रतिनिधित्व गर्ने लिङ्गे पिङ अहिले हराउँदै गएको देखिनु चिन्ताजनक विषय बनेको छ।

प्रतिकृया दिनुहोस

नवलपुर महोत्सवमा विद्यालयका विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ मात्र

कावासोती । विद्यालयबाट संस्थागत रूपमा सहभागी हुने विद्यार्थीहरूको लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्र लाग्ने भएको छ। नवलपुर

आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र l

चोरमारा  l आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र रूपमा अघि बढेको छ। महोत्सवको मुख्य आकर्षण बन्ने नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता

मध्यविन्दु १४ मा अचम्मको गुफा फेला l

प्रिय धन , चोरमारा l पूर्वी नवलपरासी नवलपुरको मध्यविन्दु नगरपालिका १४ मा गुफा रहेको पाइएको छ l पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्यविन्दु ७