आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र l

चोरमारा  l

आठौं नवलपुर महोत्सव२०८१ को तयारी तीव्र रूपमा अघि बढेको छ। महोत्सवको मुख्य आकर्षण बन्ने नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता आगामी माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने निश्चित भएको छ। नवलपुर डान्स आईडलको रूपमा परिचित रहेकाले यस वर्षको प्रतियोगिता नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिताको रूपमा नामकरण गरिएको हो।

नवलपुर जिल्ला भित्र रहेका नव प्रतिभाहरूलाई प्रोत्साहन र आफ्नो कला प्रदर्शनको अवसर प्रदान गर्न नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको छ । प्रतियोगिता महोत्सवको दौरान सम्पूर्ण दर्शक र सहभागीहरूलाई मनोरञ्जनका साथै स्थानिय कला र सांस्कृतिक महत्वको प्रवद्धन गर्नका लागि पनि विशेष योजना बनाइएको छ।

नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता२०८१ को आयोजनामा सबै इच्छुक प्रतियोगीलाई माघ २० गते भित्र नवलपुर उद्योग बाणिज्य संघको कार्यालयमा नाम दर्ता गर्न आग्रह गरिएको छ । प्रतियोगिता २२ गतेदेखि टप टेन छनौट गरेर महोत्सवभर प्रतियोगीहरूको प्रस्तुति हुनेछ।

उप समिति संयोजक प्रेम पाण्डेले, प्रतिभाहरूको सृजनात्मकता र कला प्रदर्शित गर्नको लागि यो एक राम्रो अवसर हो, र महोत्सवका अन्य कार्यक्रमसँगै यो नृत्य प्रतियोगिता नवलपुरको सांस्कृतिक धरोहरलाई अझ प्रगाढ बनाउनका लागि महत्वपूर्ण साबित हुनेछ, उनले भने।

नवलपुर महोत्सवका अन्य कार्यक्रमहरूको तयारी पनि तीव्र गतिमा भइरहेको छ र यस महोत्सवमा स्थानीय उत्पादनहरूको प्रवर्धन, कला र भाषाको संरक्षण र सृजनात्मकता प्रकट गर्ने अवसर समेत प्रदान गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस

दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द

प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार ।  पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि

नवलपुर महोत्सवमा विद्यालयका विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ मात्र

कावासोती । विद्यालयबाट संस्थागत रूपमा सहभागी हुने विद्यार्थीहरूको लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्र लाग्ने भएको छ। नवलपुर

मध्यविन्दु १४ मा अचम्मको गुफा फेला l

प्रिय धन , चोरमारा l पूर्वी नवलपरासी नवलपुरको मध्यविन्दु नगरपालिका १४ मा गुफा रहेको पाइएको छ l पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्यविन्दु ७