मध्यविन्दु १४ मा अचम्मको गुफा फेला l
प्रिय धन , चोरमारा l
पूर्वी नवलपरासी नवलपुरको मध्यविन्दु नगरपालिका १४ मा गुफा रहेको पाइएको छ l पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्यविन्दु ७ चोरमारादेखि करिव १३ किलोमिटर उत्तरतर्फ १४ नम्बर वडाको छप्रादी नजिकै साँगुरी गुफा रहेको मध्यविन्दु १४ का वडा सदस्य देवीराम आले मगरले जानकारी दिनुभयो l मटिया गाउँदेखि साँगुरी गुफासम्म पुग्न करिब १ किलोमिटर कच्ची बाटो रहेको र गाउँलेहरुकै श्रमदानमा पैदल जान मिल्ने गरी बाटो निर्माण गरेको पनि आलेले बताउनुभयो l " करिब १ किलोमिटरको बाटो बनाउन सकेका छैनौं तर पैदल यात्रा गर्न भने मिल्छ l " वडा सदस्य देवीराम आलेले भन्नुभयो l
![]()
बि.स. २०७६/७७ सालमा पनि मध्यविन्दु नगरपालिकामा गुफाको बारेमा आफुहरुले जानकारी गराएको तर त्यतिबेला त्यति चासोका साथ नहेरिएको पनि आलेले गुनासो गर्नुभयो l करिब १०० वर्ष अगाडी त्यस क्षेत्रमा अचम्मको माछा फेला परेको र त्यहि माछा हेर्नका लागि पाल्पा , नवलपरासीदेखिका मान्छेको घुइंचो लाग्ने तथा विशाल बजार लाग्ने गरेको जिजुबाजेहरुले बताएको आलेले सम्झनुहुन्छ l
![]()
साँगुरी देवी नाममा स्थानीयवासीहरुले अहिले प्रत्येक सोमबार तथा पुर्णिमाका दिन पुजा तथा भाकल गर्ने चलन रहेको हुप्सेकोट आधारभूत विद्यालय मध्यविन्दु १४ भेडावारीका शिक्षक बिन्दु भुसालले बताउनुभयो l
![]()
परापूर्वकालमा दोहोरी गाउने क्रममा एकजना चेली हारेपछि शर्त अनुसार केटाको घरमा जानु पर्ने थियो तर उक्त महिला म अन्त जान्न बरु यहीं देवी बनेर बस्छु भन्दै जान नमानेपछि उनै नारी साँगुरी देवीको नाममा प्रकट भएको किंवदन्ती रहेको पुन: वडा सदस्य देवीराम आलेले बताउनुभयो l
साँगुरी देवीको भाकल गर्दा मनले आँटेको सबै इच्छा पुरा हुने गरेको स्थानीयवासीहरुले बताएका छन् l साँगुरी गुफा करिव १ किलोमिटरमा फैलिएको र जमिनमुनिबाट पानी बगेर १ किलोमिटर पर निस्किएकाले अनौठो शक्ति भएको गाउँवासीको विश्वास रहेको छ l
यात्राका क्रममा साँगुरी देवीको सम्झना गर्दै खोला तर्ने र फूलपाती चढाउँदै यात्रा गर्दा कुनै पनि बिघ्नबाधा नआउने विश्वास रहेको हुप्सेकोट आधारभूत विद्यालय मध्यविन्दु १४ भेडाबारीका सहायक प्रधानाध्यापक यम बहादुर बयम्बु मगरले बताउनुभयो l प्राकृतिक सम्पदाको रुपमा रहेको यस गुफाको महिमालाई बुझ्न ढिलो भइसकेको पनि उहाँको गुनासो थियो l
मध्यविन्दु नगरपालिकाको वडा नम्बर १४ पहाडी क्षेत्र हो l यस क्षेत्रबाट दक्षिणको नारायणी नदी , नवलपुरका अग्ला पहाड देवचुली र बरचुली ,उत्तरका पोखरातिर देखिने हिमालहरुको पनि मज्जाले अवलोकन गर्न सकिन्छ l सडक व्यवस्थित गरी साँगुरी गुफाको महिमालाई फैल्याउन सके आन्तरिक पर्यटनको थलोको रुपमा मध्यविन्दु १४ लाई विकसित गर्न सकिने पर्यटन व्यवसायीहरुको सुझाव छ l
![]()
यसैबीच आइतबार मध्यविन्दु नगरपालिकाकी उपप्रमुख पूर्णकला चौधरीको नेतृत्वमा नगर प्रमुखका सल्लाहकार अमृत प्रसाद ज्ञवाली , नगर खेलकुद विकास समिति सदस्य सचिव हिमाल सिंह ठकुरी, नगर प्रहरी, स्थानीय सहितको टोलीले साँगुरी गुफाको अवलोकन गरेको छ l अवलोकन पश्चात त्यस क्षेत्रको पर्यटन विकासका लागि आफुले नगरमा आवाज उठाउने उपप्रमुख चौधरीले प्रतिवद्दता व्यक्त गर्नुभयो l
![]()
दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द
प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि
नवलपुर महोत्सवमा विद्यालयका विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ मात्र
कावासोती । विद्यालयबाट संस्थागत रूपमा सहभागी हुने विद्यार्थीहरूको लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्र लाग्ने भएको छ। नवलपुर
आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र l
चोरमारा l आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र रूपमा अघि बढेको छ। महोत्सवको मुख्य आकर्षण बन्ने नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता







प्रतिकृया दिनुहोस