राइनो क्लबको एक महिने फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा   

प्रिय धन, नवलपुर

राइनो क्लब मध्यविन्दु४ द्वारा SEE परीक्षा दिएर बसेका परीक्षार्थीहरूलाई लक्षित गरी एक महिने फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। कार्यक्रम मध्यविन्दु२ स्थित कोल्हुवा रङ्गशालामा सञ्चालन भइरहेको छ।

उक्त प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेश खेलकुद परिषद्को सहयोगमा सञ्चालन गरिएको हो। क्लबका अध्यक्ष दोमन बहादुर भण्डारीका अनुसार विद्यालय शिक्षाबाट केही समय फुर्सद पाएका विद्यार्थीहरूलाई खेलकुदमा अभिरुचि बढाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो।

 

खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र होइन, अनुशासन र आत्मविश्वासको विकास पनि गर्छ,” अध्यक्ष भण्डारीले भन्नुभयो । उहाँले यस कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा खेलकुद क्षेत्रमा करिअर बनाउने अवसर समेत दिनसक्ने विश्वास व्यक्त गर्नुभयो।

क्लबले प्रशिक्षित खेलाडीमार्फत आगामी दिनमा विभिन्न प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेको समेत जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

निर्माणाधीन बाघखोर खेलमैदानको अनुगमन , क्लवले बुलेटिन प्रकाशन गर्ने

प्रिय धन , चोरमारा  l  मध्यविन्दु नगरपालिकाको सहयोगमा मध्यविन्दु ५ बाघखोरमा निर्माण हुन लागेको खेल मैदानको नगर प्रमुख भिमलाल अधिकारी सहितको

बसन्त सामुदायिक वन उपभोक्ता समूहद्वारा बसन्तपुर क्रिकेट क्लवलाई नगद सहयोग ।

प्रिय धन, चोरमारा । बसन्त सामुदायिक वन उपभोक्ता समूहद्वारा बसन्तपुर क्रिकेट क्लवलाई नगद सहयोग भएको छ । मध्यविन्दु नगरपालिका ९ बसन्तपुरमा रहेको वन

चोरमारा क्रिकेट क्लव र बसन्तपुर क्रिकेट क्लव बीचको क्रिकेट खेलमा चोरमारा क्रिकेट क्लव विजयी ।

प्रिय धन, चोरमारा ।  चोरमारा क्रिकेट क्लव सीसीसी र बसन्तपुर क्रिकेट क्लव बिसीसी बीचको क्रिकेट खेलमा चोरमारा क्रिकेट क्लव विजयी भएको छ । मंगलबार