बसन्त सामुदायिक वन उपभोक्ता समूहद्वारा बसन्तपुर क्रिकेट क्लवलाई नगद सहयोग ।
प्रिय धन, चोरमारा ।
बसन्त सामुदायिक वन उपभोक्ता समूहद्वारा बसन्तपुर क्रिकेट क्लवलाई नगद सहयोग भएको छ । मध्यविन्दु नगरपालिका ९ बसन्तपुरमा रहेको वन समूहले क्रिकेट खेलका लागि आवश्यक सामाग्रीको खरीद गर्न भन्दै क्लवलाई नगद सात हजार रुपैयाँ प्रदान गरेको हो ।
युवा वर्गलाई अनुशासनपूर्वक खेल जगतमा आकर्षित गर्न यस्ता सहयोग आवश्यक रहने भन्दै रकम प्रदान गरिएको बसन्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जस बहादुर मानन्धरले बताउनुभयो ।
समूहका कोषाध्यक्ष रन बहादुर मल्लले बिहिबार साँझ बसन्तपुर क्रिकेट क्लवका संयोजक प्रदिप श्रेष्ठ र खेलाड़ी सुन्दर न्यौपानेलाई नगद हस्तान्तरण गर्नुभएको हो । यसरी आँफै उपभोक्ता रहेको सामुदायिक वन समूहले युवा वर्गको चाहना अनुरूप खेल जगतमा गरेको लगानीप्रति क्लवका कप्तान प्रदिप श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । विभिन्न संघसंस्था र क्लव एक आपसमा परिपूरक रहेको भन्दै थप सहयोगका लागि आवह्वान समेत श्रेष्ठले गर्नुभयो ।
राइनो क्लबको एक महिने फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा
प्रिय धन, नवलपुर राइनो क्लब मध्यविन्दु–४ द्वारा SEE परीक्षा दिएर बसेका परीक्षार्थीहरूलाई लक्षित गरी एक महिने फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको
निर्माणाधीन बाघखोर खेलमैदानको अनुगमन , क्लवले बुलेटिन प्रकाशन गर्ने
प्रिय धन , चोरमारा l मध्यविन्दु नगरपालिकाको सहयोगमा मध्यविन्दु ५ बाघखोरमा निर्माण हुन लागेको खेल मैदानको नगर प्रमुख भिमलाल अधिकारी सहितको
चोरमारा क्रिकेट क्लव र बसन्तपुर क्रिकेट क्लव बीचको क्रिकेट खेलमा चोरमारा क्रिकेट क्लव विजयी ।
प्रिय धन, चोरमारा । चोरमारा क्रिकेट क्लव सीसीसी र बसन्तपुर क्रिकेट क्लव बिसीसी बीचको क्रिकेट खेलमा चोरमारा क्रिकेट क्लव विजयी भएको छ । मंगलबार







प्रतिकृया दिनुहोस