भारतमा मृत्यु भएकी प्रकृति लम्सालको न्यायको माग गर्दै अनेरास्ववियु मध्यविन्दुद्वारा दीप प्रज्वलन , ह्यारेस्मेन्टका कारण आत्महत्या गरेको वुवा सुनिल लम्सालको आरोप

प्रिय धन  , मध्यविन्दु l

भारतको उडिसा स्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युपछि प्रकृतिको न्यायका  लागि जस्टिस फर प्रकृति भन्दै कार्यक्रम हुन थालेका छन् l नेकपा एमालेको विद्यार्थी भातृ संगठन अनेरास्ववियु मध्यविन्दु नगर कमिटिले स्वर्गीय प्रकृति लम्सालको न्यायका लागि ३ विद्यालयमा आवाज उठाएको छ l

मध्यविन्दु ७ चोरमारामा रहेको नवजागरण नमुना माध्यमिक विद्यालय , मध्यविन्दु २ मा रहेको कुमारवर्ती माध्यमिक विद्यालय र मध्यविन्दु १० मा रहेको जनता आदर्श माध्यमिक विद्यालय मंगलचौरमा न्यायका लागि दबाव सृजना गर्न दीप प्रज्वलन एवं मौन धारण गरेको अनेरास्ववियु मध्यविन्दुका पुर्व अध्यक्ष  फिस्ता खाम्चाले जानकारी दिनुभयो l

यसैबीच

भारतको उडिसा स्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युपछि उनका पिता सुनिल लम्साल घटनास्थल पुगेका छन् । विश्वविद्यालय र प्रहरीप्रशासनसँग उनको कुराकानी भएको छ ।

भारतीय मिडियासँग कुरा गर्दै सुनिलले आफ्नो छोरीको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न अपिल गरे । ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना आफूले पाएको उनले बताए ।

लम्सालले भने, ‘हामीलाई यति सूचना छ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन । आधिकारिक रुपमा अरू केही पनि भनिएको छैन ।

आफू आएपछि युनिभर्सिटीले राम्रो समन्वय गरिरहेको उनले बताए । हिजो युनिभर्सिटीसँग कुरा भएको थियो । उनीहरूले आधिकारिक त केही पनि बताएनन् । तर कोअपरेट गरिरहेका छन्, लम्सालले भने, ‘प्रहरीप्रशासनले पनि सहयोग गरिरहेको छ ।

सोही कलेजमा अध्ययन गर्ने प्रकृतिका दाइ पर्ने सिद्धान्त सिग्देलले घटनापछि उनलाई फोन गरेका थिए । खबर पाउनासाथ आफू तुरुन्तै हिँडेको लम्सालले बताए ।

उसको दाइ पनि यहीँ पढ्छ । उसले फोन गरेर छिटो आउनुस् भन्यो । डेथ भएको भनेर चाहिँ भनेन । आउनुस् मात्र भन्यो । हामी निस्किहाल्यौँ । अस्ति साँझ ५ बजे चाहिँ मृत्यु भइसकेको भनेर थाहा भयो ।

तपाईँहरूको माग अब के छ ? भन्ने पत्रकारको प्रश्नमा लम्सालले दोषीलाई कारबाही हुनुपर्ने बताए । प्रहरीले एक जनालाई समातेको छ । सायद उसैको कारणले होला । फेरि पुलिसप्रशासनसित कुरा हुन्छ । त्यसपछि थाहा होला । छोरीको ल्यापटप, मोबाइल, डायरीहरू फरेन्सिकमा लगेको छ । त्यसबाट पनि धेरै कुरा थाहा होला । उनले भने ।

यहाँको कानूनी प्रक्रिया सकेर छोरीको शव नेपाल लैजाने उनले बताए । लिएर त जानै छ । तर प्रोसिडियर हुन्छ । एउटा देशबाट अर्को देश लाने कुरा हो । सकेसम्म आज भए आज नभए भोलि लैजाने प्रयास छ । उनले भने ।

घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेकोमा उनले दुख व्यक्त गरेका छन् । लम्सालले भने, ‘नेपाली विद्यार्थीलाई लखेटेको रहेछ । यो ठिक होइन । चाहिएको बेलामा आउनुस् भन्ने, केही घटना हुनासाथ जानुस् भन्ने । टाढाबाट आएका छन् । उनीहरूलाई जान गाह्रो हुन्छ । यस्तो गर्नु हुँदैनथ्यो । हामी न्याय चाहन्छौँ ।

प्रतिकृया दिनुहोस

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

२५ चैत्र २०८२    नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि

नवलपुर सेवा समाज यूएई द्वारा सरस्वती आधारभूत विद्यालय मध्यविन्दु १२ मा अक्षयकोष स्थापना l

प्रिय धन , नवलपुर l सरस्वती आधारभूत विद्यालय मध्यविन्दु १२ मा अक्षयकोष स्थापना गरिएको छ l नवलपुर सेवा समाज यूएई द्वारा ३० हजार रुपैयाँको अक्षयकोष

बाघखोर युवा क्लवका संस्थापक अध्यक्ष आदेश ज्ञवालीले क्लवमा अक्षयकोष स्थापना l

प्रिय धन , २२ माघ २०८१ l बाघखोर युवा क्लवका संस्थापक अध्यक्ष आदेश ज्ञवालीले क्लवमा अक्षयकोष स्थापना गर्नुभएको छ l मंगलबार आज विश्व क्यान्सर दिवसको