चोरमारा क्रिकेट क्लव र बसन्तपुर क्रिकेट क्लव बीचको क्रिकेट खेलमा चोरमारा क्रिकेट क्लव विजयी ।

तस्वीरमा चोरमारा र बसन्तपुरका खेलाड़ीहरु

प्रिय धन, चोरमारा । 

चोरमारा क्रिकेट क्लव सीसीसी र बसन्तपुर क्रिकेट क्लव बिसीसी बीचको क्रिकेट खेलमा चोरमारा क्रिकेट क्लव विजयी भएको छ । मंगलबार दिउँसो मध्यविन्दु ७ चोरमारामा रहेको नवजागरण मा.वि. को रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण ड्यूज बल टी ट्वान्टी क्रिकेट खेलमा ५६ रनले बसन्तपुर क्रिकेट क्लव पराजित भएको क्लवका टिम क्याप्टेन प्रदिप श्रेष्ठले जानकारी दिनुभयो । 

टस जितेर ब्याटिंग रोजेको चोरमारा क्रिकेट क्लव सीसीसीले निर्धारित २० ओभरमा १५३ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको बसन्तपुरले ९७ रन प्राप्त गर्दा नै अल आउट भएको थियो । क्रिकेट प्रतिको लगाव तथा अभ्यासका लागि समय मिल्ना साथ क्रिकेट प्रतियोगितामा भाग लिईने श्रेष्ठले बताउनुभयो । 

नेपाली समाजमा पनि पछिल्लो समय खेलकुदप्रति युवाको आकर्षण बड़दो पाईएको छ । राज्य पुनर्संरचना पश्चात स्थानीय तह निर्माण भएपछि पालिका, वडा तथा विभिन्न संघसंस्थाले खेलकुदमा लगानी गरेपछि युवावर्गको आकर्षण बढ़दै गएको बसन्तपुर क्रिकेट क्लवका खेलाड़ी सुन्दर न्यौपानेको तर्क छ । खेल क्षेत्रमा फिल्ड निर्माण , खेलकुदका सामाग्री प्रदान , आर्थिक सहयोग तथा खेलकुदका कार्यक्रम आयोजनाका लागि बजेट बिनियोजन हुनु सकारात्मक भएको पनि न्यौपानेको दावी थियो । 

 

 

 

 

प्रतिकृया दिनुहोस

दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द

प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार ।  पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि

नवलपुर महोत्सवमा विद्यालयका विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ मात्र

कावासोती । विद्यालयबाट संस्थागत रूपमा सहभागी हुने विद्यार्थीहरूको लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्र लाग्ने भएको छ। नवलपुर

आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र l

चोरमारा  l आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र रूपमा अघि बढेको छ। महोत्सवको मुख्य आकर्षण बन्ने नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता