लक्ष्मी आदर्श आधारभूत विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम कार्यान्वयन : विद्यार्थीलाई सालको पातबाट टपरी गाँस्ने तालिम l
प्रिय धन , नवलपुर l
पूर्वी नवलपरासी नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा सालको पातबाट टपरी गाँस्ने तालिम दिइएको छ l मध्यविन्दु नगरपालिकामा नेपालमै पहिलो पटक लागु गरिएको “हाम्रो खुसी” पाठ्यक्रम अन्तर्गत खुसी शुक्रबारको बार्षिक योजना अनुरुप विद्यालयमा पातबाट टपरी गाँस्न सिकाइएको मध्यविन्दु खुसी स्रोत शिक्षक ( MHRT ) तथा विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो l
शुक्रबार कक्षा ५ देखि कक्षा ८ सम्मका छात्र र छात्रा सबैलाई पात गाँस्न सिकाइएको विद्यालय खुसी शिक्षक ( SHRT ) यमकला चापागाईंले बताउनुभयो l सालको पातको टपरीबाट अहिले पनि हाम्रो समाजमा विभिन्न घरायसी तथा धार्मिक कार्य गरिने भएकाले उनीहरुलाई टपरी सम्बन्धी धारणा बसाइएको अर्का शिक्षक ( CHT ) सरिता ठाडा मगरले बताउनु भयो l

विद्यार्थीहरुले पहिलो कार्यशाला तालिम कार्यक्रममा प्रतिव्यक्ति ५/५ ओटा दुना र टपरी गाँसेका छन् l केहि विद्यार्थीहरुले बनाएका टपरी चिटिक्क परेका थिए भने केहि भने सिकारुले नै सिक्दै बनाउँदै गरेका जस्ता देखिन्थे l

यसरी विद्यालयमा घरमै पनि प्रयोगमा आउने गरी सालको पातबाट दुना, टपरी बनाउन पाउँदा कक्षा ८ की छात्रा दिव्या महतो खुसी व्यक्त गर्नुहुन्छ l अर्का विद्यार्थी कक्षा ७ का निश्चल ढकाल पनि काम सिकेर कहिल्यै घाटा लाग्दैन भन्दै छात्र भएर पनि टपरी बनाउन जानेकोमा उत्साहित भएको प्रतिक्रिया दिनुभयो l

लक्ष्मी आदर्श आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाई हुन्छ l कक्षा पाँच सम्मका विद्यार्थीहरुलाई खुवाइने दिवा खाजाका लागि आवश्यक मौसमी तरकारी पनि शिक्षक तथा विद्यार्थीहरुबाटै तयार गरिन्छ l विद्यालयमा १५० जना विद्यार्थी अध्ययनरत छन् l

|
|
दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द
प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि
नवलपुर महोत्सवमा विद्यालयका विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ मात्र
कावासोती । विद्यालयबाट संस्थागत रूपमा सहभागी हुने विद्यार्थीहरूको लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्र लाग्ने भएको छ। नवलपुर
आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र l
चोरमारा l आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र रूपमा अघि बढेको छ। महोत्सवको मुख्य आकर्षण बन्ने नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता







प्रतिकृया दिनुहोस