मध्यविन्दु नगरपालिकामा आधारभूत तह स्तरीय तीज गीत प्रतियोगिता हुने
प्रिय धन , चोरमारा ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा तीज गीत प्रतियोगिता हुने भएको छ । यहि भदौ १० गते शुक्रबारका दिन मध्यविन्दु नगरपालिकाको सभाहलमा प्रतियोगिता हुने भएको हो । सोमबार शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव टेक प्रसाद पाण्डेले एक सूचना जारि गर्दै मध्यविन्दु नगरपालिकाको आयोजनामा हुने आधारभूत तह स्तरीय तीज गीत प्रतियोगितामा अनिवार्य रुपमा सहभागी हुन आग्रह गर्नुभएको हो ।
राष्ट्र , राष्ट्रियता , नेपाली मौलिक रितिरिवाज , संस्कृति , सामाजिक परिवर्तन र सामाजिक सचेतना सम्बन्धी गीतलाई प्राथमिकता दिइने समेत मध्यविन्दु नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा १ देखि कक्षा ८ सम्मका बढीमा ५ जना विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।
बढीमा ६ मिनेट प्रस्तुति राख्न सकिने सो प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुने २ विद्यालयका विद्यार्थीहरुलाई लाई क्रमशः ५ हजार , ४ हजार , ३ हजार र २/२ हजारका दरले नगद पुरस्कार तथा विद्यालयलाई प्रमाण पत्र समेत दिइने सूचनामा उल्लेख छ ।
दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द
प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि
नवलपुर महोत्सवमा विद्यालयका विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ मात्र
कावासोती । विद्यालयबाट संस्थागत रूपमा सहभागी हुने विद्यार्थीहरूको लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्र लाग्ने भएको छ। नवलपुर
आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र l
चोरमारा l आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र रूपमा अघि बढेको छ। महोत्सवको मुख्य आकर्षण बन्ने नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता







प्रतिकृया दिनुहोस