मध्यविन्दु नगर अस्पतालमा निःशुल्क ENT विशेषज्ञ सेवा सुरु हुँदै, प्रत्येक मंगलबार नियमित सेवा उपलब्ध हुने

मध्यविन्दु नगर अस्पतालमा निःशुल्क ENT विशेषज्ञ सेवा सुरु हुँदै, प्रत्येक मंगलबार नियमित सेवा उपलब्ध हुने

 

मध्यबिन्दु नगरपालिका  

मध्यविन्दु नगरपालिकास्थित मध्यविन्दु नगर अस्पतालले सर्वसाधारण नागरिकलाई लक्षित गर्दै निःशुल्क नाक, कान तथा घाँटी (ENT) विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ। स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ अस्पतालले यो सेवा सुरु गर्न लागेको हो।

अस्पताल प्रशासनका अनुसार आगामी साउन १२, १५, २६ र भदौ २ गते विशेष निःशुल्क ENT विशेषज्ञ सेवा सञ्चालन गरिनेछ। त्यसपछि भने प्रत्येक मंगलबार नियमित रूपमा निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराइने जानकारी अस्पतालले दिएको छ। अस्पतालका अनुसार सेवा अवधिमा सबै उमेर समूहका बिरामीहरूले आधुनिक उपकरणको प्रयोगमार्फत नाक, कान तथा घाँटीसम्बन्धी रोगहरूको गुणस्तरीय स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यक उपचार सेवा प्राप्त गर्न सक्नेछन्।

नाक, कान वा घाँटीसम्बन्धी समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ चिकित्सकबाट जाँच गराई स्वास्थ्य लाभ लिन अस्पतालले अनुरोध गरेको छ। विशेषगरी लामो समयदेखि कान दुख्ने, सुनाइ कम हुने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, स्वरसम्बन्धी समस्या लगायतका बिरामीहरूले यस सेवाबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्।विशेषज्ञ सेवा स्थानीयस्तरमै उपलब्ध भएपछि उपचारका लागि अन्य शहर वा ठूला अस्पताल धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। नगर अस्पतालले आगामी दिनमा पनि नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गर्दै जाने जनाएको छ।

प्रतिकृया दिनुहोस

जन्मदिनमा विद्यार्थीको अनुकरणीय कार्य : लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसालाई गमला उपहार

नवलपुरको मध्यविन्दु नगरपालिका–७, अम्रसास्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरूले जन्मदिनलाई सिर्जनशील र सामाजिक उत्तरदायित्वसँग

नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त

नवलपुरको मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त हुनुभएको छ। क्याम्पस

मध्यविन्दु नगरपालिकामा प्यान वितरण सेवा शुभारम्भ l

मध्यविन्दु नगरपालिकामा स्थायी लेखा नम्बर (PAN) वितरण सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नगरपालिकाबाटै स्थायी लेखा नम्बर प्राप्त गर्न सकिने भएपछि अब