दशैंको भीडभाडमा डेङ्गु संक्रमणको जोखिम, सतर्क रहन मध्यबिन्दु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जयश्वर भुसालको आग्रह
प्रिय धन , नवलपुर , १५ असोज २०८२ , बुधबार ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयश्वर भुसालले चाडपर्वको समयमा मानिसहरूको जमघट बढी हुने हुँदा डेङ्गु संक्रमण फैलिने जोखिम उच्च हुने भन्दै सतर्क रहन नगरवासीहरूलाई आग्रह गर्नुभएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयश्वर भुसालका अनुसार दशैं, तिहार जस्ता ठूलो चाडपर्वका बेला गाउँ–टोलदेखि बजार क्षेत्रमा मानिसहरूको भीड बढ्ने, आवतजावत धेरै हुने र सरसफाईमा लापरबाही हुँदा डेङ्गु मच्चिने खतरा रहन्छ। उहाँले भन्नुभयो, “डेङ्गु नियन्त्रणका लागि प्रत्येक घर–आँगन सफा राख्नुपर्छ, पानी जम्ने ठाउँ तुरुन्तै हटाउनुपर्छ र सरसफाईमा सबैले बराबर ध्यान दिनुपर्छ।”
डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले विभिन्न टोल विकास समिति, विद्यालय र स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेर सचेतना कार्यक्रमसमेत अघि बढाइरहेको जनाइएको छ। विशेष गरी साना बालबालिका, वृद्ध र बिरामीहरूमा डेङ्गु संक्रमणको खतरा बढी हुने भएकाले तिनीहरूको स्वास्थ्यमा अतिरिक्त ध्यान दिन आग्रह गरिएको छ।
यसैबीच, मध्यविन्दु ७ चोरमाराकी यमकला चापागाई ( तुलसा ) ले आँगन र छतमा जम्मा भएको पानी फाल्ने र सरसफाईमा जोड दिएको बताउनुभयो । सामूहिक प्रयास भए मात्र डेङ्गु नियन्त्रण सम्भव हुने उहाँ बताउनुहुन्छ ।
त्यस्तै, स्थानीय विद्यार्थी राहुल बि.क. ले पनि विद्यालयमार्फत डेङ्गुबारे सचेतना पाएका र घरमै नभई वरिपरिको टोल सफा राख्नु पनि आफ्नो जिम्मेवारी भएको बताउनुभयो ।
नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घर–घरमा स्वास्थ्य स्वयंसेवकमार्फत सचेतना पुर्याउने, संचार माध्यमबाट जोखिम क्षेत्रमा सतर्क रहन आग्रह गर्दै आइरहेको छ ।
मध्यबिन्दु नगरपालिकाले सम्पूर्ण नगरवासीलाई दशैंको भीडभाडमा सहभागी हुने क्रममा आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिन, सुरक्षित रहन र डेङ्गु नियन्त्रणमा सहयोग पुर्याउन अपिल गरेको छ।
दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द
प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि
जनै पूर्णिमामा पनि डोकोको भार—६५ वर्षीय नन्दु गाहा मगरको जीवनसंघर्ष
धन, नवलपुर साउन २४ गते शनिबार, जनै पूर्णिमाको दिन। धेरैका घरमा किनमेलको चहलपहल बढिरहेको बेला नवलपुरको हुप्सेकोट गाउँपालिका–४ चारघरेका ६५ वर्षीय
अरुणखोलामा सामुदायिक सभाहलको उद्घाटन, संस्कृति संरक्षण र सामाजिक एकतामा योगदानको अपेक्षा
प्रिय धन, नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा निर्माण गरिएको सामुदायिक सभाहलको शनिबार एक भव्य







प्रतिकृया दिनुहोस