अरुणखोलामा सामुदायिक सभाहलको उद्घाटन, संस्कृति संरक्षण र सामाजिक एकतामा योगदानको अपेक्षा
प्रिय धन, नवलपुर ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा निर्माण गरिएको सामुदायिक सभाहलको शनिबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। करिब एक करोड बढी लागतमा निर्माण सम्पन्न भएको यो सभाहलको समुद्घाटन नगर प्रमुख भीमलाल अधिकारीले गर्नुभयो।
![]()
सभाहलको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा रहनु भएका नगर प्रमुख अधिकारीले सामुदायिक प्रयोगका लागि निर्माण गरिएको यो सभाहलले स्थानीय सम्पदाको संरक्षणमा र समुदायबीचको एकता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "साँस्कृतिक, सामाजिक तथा सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्न अब यो सभाहल प्रमुख थलोको रुपमा स्थापित हुनेछ।"
कार्यक्रममा उपप्रमुख पूर्णकला चौधरीले सभाहलले महिलाहरू, युवाहरू तथा नागरिक समाजका विभिन्न समूहहरूलाई संगठित गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय समुदायमा सहभागितामूलक कार्यक्रम सञ्चालन गर्न थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो।
![]()
गण्डकी प्रदेशका पूर्व सांसद जनकलाल श्रेष्ठले सामुदायिक संरचनाहरूलाई स्थानीय विकासको मेरुदण्डको रुपमा परिभाषित गर्दै यस्तो पूर्वाधारको संरक्षण, उपयोग र सदुपयोगमा सबैको समान जिम्मेवारी रहने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, वडा नं. ११ का वडा अध्यक्ष महेश भुसालले अरुणखोला क्षेत्रमा सभाहलको आवश्यकता विगतदेखि उठ्दै आएको र स्थानीयको माग तथा प्राथमिकताको आधारमा यसको निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले सभाहल सञ्चालनमा आउनुले समुदायमा सांस्कृतिक र सामाजिक गतिविधि सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो।
नेवाः देय दबूका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राज भण्डारीले सभाहलले संस्कृति, भाषा, धर्म तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान गर्ने मञ्चको रुपमा काम गर्ने अपेक्षा राख्नुभयो। उहाँले भन्नुभयो, "नेवाः समुदायको संस्कार र परम्परा जोगाउन यस्ता संरचना अपरिहार्य छन्।"
![]()
त्यसैगरी, नेवाः देय दबूका केन्द्रिय उपाध्यक्ष हरिकुमार श्रेष्ठले नेवारी कला, संस्कृति र समुदायको पहिचानलाई प्रवर्द्धन गर्न सामुदायिक सभाहलजस्ता संरचना आवश्यक रहेको बताउँदै सभाहलको सदुपयोगका लागि समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
![]()
उक्त सभाहल उद्घाटनसँगै भीमसेन नेवाः मन्दिर व्यवस्थापन समितिलाई जिम्मा हस्तान्तरण गरिएको छ। समितिका प्रतिनिधिहरूले सभाहलको संरक्षण, नियमित प्रयोग तथा समुदायको हितमा प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
![]()
उपस्थित सहभागीहरूले सभाहलको निर्माणले स्थानीय पूर्वाधार विकाससँगै संस्कृति संरक्षण, सामाजिक एकता र सहकार्यको सन्देश दिएको बताएका थिए। कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, समुदाय प्रतिनिधि, बुद्धिजीवी, महिला तथा युवाको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो सभाहलले अबदेखि अरुणखोला क्षेत्रमा सामाजिक रूपान्तरण र सांस्कृतिक उत्थानका लागि एक साझा मञ्चको रूपमा योगदान पुर्याउने विश्वास गरिएको छ।
दशैंको भीडभाडमा डेङ्गु संक्रमणको जोखिम, सतर्क रहन मध्यबिन्दु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जयश्वर भुसालको आग्रह
प्रिय धन , नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयश्वर भुसालले चाडपर्वको समयमा
दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द
प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि
जनै पूर्णिमामा पनि डोकोको भार—६५ वर्षीय नन्दु गाहा मगरको जीवनसंघर्ष
धन, नवलपुर साउन २४ गते शनिबार, जनै पूर्णिमाको दिन। धेरैका घरमा किनमेलको चहलपहल बढिरहेको बेला नवलपुरको हुप्सेकोट गाउँपालिका–४ चारघरेका ६५ वर्षीय







प्रतिकृया दिनुहोस