प्रधानमन्त्रीसँग मध्यविन्दुसहित तीन पालिकाका प्रमुखहरूको भेटवार्ता, अस्पताल उद्घाटन तथा विकास योजनामा सहयोगको आग्रह l
प्रिय धन, नवलपुर ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तिलक महतको नेतृत्वमा नवलपुर जिल्लाका तिन स्थानीय तहका प्रमुखहरू सहितको टोलीले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी महत्वपूर्ण माग तथा प्रस्तावहरू राखेका छन्।
उक्त भेटमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारी, देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी लगायतका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो । गण्डकी प्रदेशसभा सदस्य लक्ष्मण पाण्डे समेत सहभागी रहेको सो भेटमा स्थानीय तहमा निर्माण सम्पन्न भइसकेका अस्पतालहरूको छिटोभन्दा छिटो उद्घाटन गरी नियमित सेवा सञ्चालन गर्न आवश्यक सरकारी सहयोग पुर्याउन आग्रह गरिएको थियो।
स्थानीय प्रमुखहरूले प्रधानमन्त्रीसमक्ष तीनवटै पालिकामा अत्यावश्यक स्वास्थ्य सेवा विस्तारका लागि निर्माण गरिएका अस्पताल भवनहरू निर्माण सम्पन्न भइसकेको र अहिले उद्घाटन तथा सेवा सञ्चालन नहुँदा स्थानीय बासिन्दाहरू स्वास्थ्य सेवा लिन टाढासम्म जान बाध्य रहेको गुनासो गनुभयो ।
![]()
उहाँहरुले प्रधानमन्त्री ओलीलाई ती अस्पतालहरूको यथासिघ्र उद्घाटनको लागि समय दिन र उद्घाटन कार्यक्रममा स्वयम् सहभागी भइदिन पनि अनुरोध गर्नुभएको बुझिएको छ । प्रधानमन्त्रीसमक्ष योजनाहरूको कार्यान्वयनमा संघीय सरकारको बजेट, नीति तथा सहकार्य जरुरी रहेको उल्लेख गर्दै मध्यविन्दु नगरप्रमुख अधिकारीले नगरका विभिन्न विकास योजनाहरू अगाडि बढाउन आवश्यक सहयोगको माग समेत प्रस्तुत गर्नुभएको थियो।
भेटमा प्रधानमन्त्री ओलीले जनताको हितका लागि गरिने यस्ता पहललाई सकारात्मक रुपमा लिनुभएको र सरकारले स्वास्थ्य तथा स्थानीय विकासलाई प्राथमिकता दिइरहेको भन्दै सम्बन्धित मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अघि बढाइने विश्वास दिलाउनुभएको बुझिएको छ।
यो भेटवार्तालाई स्थानीय तह र केन्द्र सरकारबीचको सहकार्य र समन्वयको एउटा सकारात्मक संकेतका रूपमा हेरिएको छ। यसबाट नवलपुर जिल्लाका तीनै पालिकामा छिट्टै अस्पताल सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ।
दशैंको भीडभाडमा डेङ्गु संक्रमणको जोखिम, सतर्क रहन मध्यबिन्दु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जयश्वर भुसालको आग्रह
प्रिय धन , नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयश्वर भुसालले चाडपर्वको समयमा
जनै पूर्णिमामा पनि डोकोको भार—६५ वर्षीय नन्दु गाहा मगरको जीवनसंघर्ष
धन, नवलपुर साउन २४ गते शनिबार, जनै पूर्णिमाको दिन। धेरैका घरमा किनमेलको चहलपहल बढिरहेको बेला नवलपुरको हुप्सेकोट गाउँपालिका–४ चारघरेका ६५ वर्षीय
देउरालीमा ५ शैय्याको प्राथमिक अस्पतालको उद्घाटन, स्वास्थ्य सेवामा थप सशक्तिकरण l
✍️ प्रिय धन नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत हुप्सेकोट गाउँपालिकाको वडा नं. ४ झ्यालबासमा नव निर्माण सम्पन्न पाँच शैय्याको देउराली प्राथमिक







प्रतिकृया दिनुहोस