देउरालीमा ५ शैय्याको प्राथमिक अस्पतालको उद्घाटन, स्वास्थ्य सेवामा थप सशक्तिकरण l

️ प्रिय धन

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत हुप्सेकोट गाउँपालिकाको वडा नं. ४ झ्यालबासमा नव निर्माण सम्पन्न पाँच शैय्याको देउराली प्राथमिक अस्पताल भवनको उद्घाटन समारोह आज आइतबार सम्पन्न भएको छ। उक्त अस्पताल भवनको उद्घाटन नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेले संयुक्तरूपमा गर्नुभएको हो। नेपाल सरकाले आर्थिक वर्ष २०७७/७८ मा सबै पालिकामा प्राथमिक अस्पताल निर्माण गर्ने निर्णय गरे सँगै हुप्सेकोट गाउँपालिकामा पाँच सैय्याको प्राथमिक अस्पताल निर्माण सुरु भएको थियो ।

कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्यमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्दै जाने स्पष्ट पार्नुभयो। उहाँले ग्रामीण भेगमा स्वास्थ्य सेवा अभावमा जनता दीर्घकालीन समस्यामा पर्ने अवस्था न्यूनीकरण गर्न यस्ता अस्पताल निर्माणले ठुलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

उक्त अवसरमा अध्यक्ष पाण्डेले देउराली लगायत आसपासका क्षेत्रका बासिन्दा अब स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने बताउँदै, गाउँपालिकाको समग्र समृद्धिमा स्वास्थ्य क्षेत्रको मजबुती अनिवार्य भएको धारणा व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहबाट समेत अस्पताल सञ्चालन र पूर्वाधार विस्तारका लागि निरन्तर सहयोग गरिने जानकारी दिनुभयो।

कार्यक्रममा हुप्सेकोट गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय समाजसेवी, बुद्धिजीवी, स्वास्थ्यकर्मी, निर्माण कम्पनी प्रतिनिधि, राजनीतिक दलका अगुवाहरू तथा देउराली क्षेत्रका सयौं स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

नव निर्माण अस्पतालमा ५ वटा शैय्या, प्रसूति कक्ष, आपतकालीन सेवा, बाल स्वास्थ्य सेवा, प्रयोगशाला तथा फार्मेसी कक्षसहितको पूर्वाधार स्थापना गरिएको छ। यस अस्पतालको निर्माण कार्य स्वास्थ्य मन्त्रालयको बजेट तथा गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो।

स्वास्थ्य शाखाका अनुसार अस्पतालले अबदेखि हरेक दिन ओपीडी सेवा, सुत्केरी सेवा, खोप तथा पोषण परामर्श सेवा लगायतका नियमित सेवा प्रदान गर्नेछ। यसले हुप्सेकोट,पाल्पा र आसपासका बासिन्दालाई निकै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।

हुप्सेकोटमा ५ शैय्याको अस्पताल निर्माण तथा उद्घाटनसँगै हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य पूर्वाधार विकासमा एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अब स्थानीय जनताले गुणस्तरीय सेवा स्थानीय स्तरमै प्राप्त गर्न सक्नेछन्, जुन स्वास्थ्य समृद्धिको दिशामा एक महत्वपूर्ण पाइलो हुनेछ।

प्रतिकृया दिनुहोस

दशैंको भीडभाडमा डेङ्गु संक्रमणको जोखिम, सतर्क रहन मध्यबिन्दु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जयश्वर भुसालको आग्रह

प्रिय धन , नवलपुर , १५ असोज २०८२ , बुधबार ।  पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयश्वर भुसालले चाडपर्वको समयमा

जनै पूर्णिमामा पनि डोकोको भार—६५ वर्षीय नन्दु गाहा मगरको जीवनसंघर्ष

 धन, नवलपुर साउन २४ गते शनिबार, जनै पूर्णिमाको दिन। धेरैका घरमा किनमेलको चहलपहल बढिरहेको बेला नवलपुरको हुप्सेकोट गाउँपालिका–४ चारघरेका ६५ वर्षीय

प्रधानमन्त्रीसँग मध्यविन्दुसहित तीन पालिकाका प्रमुखहरूको भेटवार्ता, अस्पताल उद्घाटन तथा विकास योजनामा सहयोगको आग्रह l

प्रिय धन, नवलपुर । नेकपा (एमाले) का केन्द्रीय सदस्य तिलक महतको नेतृत्वमा नवलपुर जिल्लाका तिन स्थानीय तहका प्रमुखहरू सहितको टोलीले प्रधानमन्त्री तथा