लायन्स क्लब अफ मध्यविन्दु सिटीको अगुवाईमा नवजागरण नमुना माविमा वृक्षारोपण कार्यक्रम सम्पन्न l
प्रिय धन, नवलपुर , २ साउन २०८२, शुक्रबार l
नवलपुरको मध्यबिन्दु नगरपालिका–७, चोरमारामा अवस्थित नवजागरण नमुना माध्यमिक विद्यालयको साइन्स तथा प्राविधिक ब्लक परिसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रम लायन्स क्लब अफ मध्यविन्दु सिटीको अगुवाइमा सम्पन्न भएको हो।
![]()
क्लबले सव डिभिजन वन कार्यालय भागरासँगको समन्वयमा उक्त वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रम अन्तर्गत बाँस, काफल, सधैँ हरियो हुने म्याङ्गो स्ट्रेट, कपुरजस्ता जातका करिब ९० वटा रुखका बिरुवाहरू रोपिएको क्लबका अध्यक्ष (प्रेसिडेन्ट) ज्ञान प्रसाद न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार वातावरण संरक्षणको अभियानमा क्लब सक्रिय हुँदै आएको छ र भविष्यमा अझ व्यापक कार्यक्रम सञ्चालन गरिनेछ।
![]()
कार्यक्रमको औपचारिक उद्घाटन लायन्स क्लब इन्टरनेशनल ३२५ बि–१, जोन ५१ की जोन चियरपर्सन कल्पना श्रेष्ठ क्षेत्रीले गर्नुभएको थियो। शुभारम्भ समारोहमा उहाँले क्लबले वृक्षारोपणजस्तो सकारात्मक अभियानबाट आफ्नो क्रियाकलापको थालनी गरेकोमा धन्यवाद ज्ञापन गर्दै क्लबले सामाजिक क्षेत्रका अन्य कार्यक्रमहरूमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
![]()
सो अवसरमा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटाले वृक्षारोपण कार्यक्रमलाई विद्यालयमा आयोजना गर्न लायन्स क्लबले दिएको प्राथमिकताप्रति आभार प्रकट गर्दै रोपिएका बिरुवाहरूको हेरचाह, मलजल तथा संरक्षणको सम्पूर्ण जिम्मेवारी विद्यालयले लिने जानकारी दिनुभयो। उहाँले विद्यालयका शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूमार्फत उक्त कार्य सुनिश्चित गरिने बताउँदै वृक्ष संरक्षणमा निरन्तर साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
![]()
वृक्षारोपण कार्यक्रममा नवजागरण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिन्दु काफ्ले, दर्पण एफएमका अध्यक्ष ध्रुव प्रसाद तिवारी, विजय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मधुबिलास अधिकारी, पूर्व अध्यक्ष घनश्याम पौडेल (श्याम), तमसरिया खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष मनोज गुरुङ , प्राध्यापक प्रकाश चन्द्र पंगेनी, सर्जन डा. दिपेन्द्र न्यौपाने, सशस्त्र प्रहरी बल बेस क्याम्प चोरमाराका सशस्त्र प्रहरीहरु, पृथ्वी गैह्रे (काफ्ले), नवजागरण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख देवी प्रसाद सुवेदी, चोरमारा ट्राफिक इन्चार्ज तारापति अर्याल तथा नेपाल प्रहरीका अन्य प्रतिनिधिहरू , ड़ा. राम बहादुर बोहरा लगायतकाको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
![]()
कार्यक्रममा सर्जन डा. दिपेन्द्र न्यौपानेले सहभागीहरुलाई सुरक्षाका लागि मास्क समेत वितरण गर्नुभएको थियो l
त्यसैगरी, कैलाशेश्वर मन्दिर व्यवस्थापन समिति चोरमाराका अध्यक्ष केशव गौतम, लायन्स क्लब अफ मध्यविन्दु सिटीका पदाधिकारीहरू तथा स्थानीय सरोकारवाला पक्षहरूको समेत सहभागिता रहेको कार्यक्रममा सहभागिहरूले वृक्षारोपणको आवश्यकतालाई बल दिँदै आगामी दिनहरूमा अझ सघन रूपमा यस्ता अभियानहरू सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।
![]()
कार्यक्रमले वातावरणप्रेमी भावनालाई प्रोत्साहन गर्ने तथा विद्यार्थीहरूलाई प्रकृतिप्रति सचेत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
![]()
लायन्स क्लव अफ मध्यविन्दु सिटीका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेको अध्यक्षता तथा जोन ५१ की जोन चियरपर्सन कल्पना श्रेष्ठ क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लव अफ मध्यविन्दु सिटीका पुर्व अध्यक्षले स्वागत मन्तव्य राख्नुभएको थियो भने विशाल थापाले कार्यक्रमको संचालन गर्नुभएको थियो l
दशैंको भीडभाडमा डेङ्गु संक्रमणको जोखिम, सतर्क रहन मध्यबिन्दु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जयश्वर भुसालको आग्रह
प्रिय धन , नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयश्वर भुसालले चाडपर्वको समयमा
जनै पूर्णिमामा पनि डोकोको भार—६५ वर्षीय नन्दु गाहा मगरको जीवनसंघर्ष
धन, नवलपुर साउन २४ गते शनिबार, जनै पूर्णिमाको दिन। धेरैका घरमा किनमेलको चहलपहल बढिरहेको बेला नवलपुरको हुप्सेकोट गाउँपालिका–४ चारघरेका ६५ वर्षीय
प्रधानमन्त्रीसँग मध्यविन्दुसहित तीन पालिकाका प्रमुखहरूको भेटवार्ता, अस्पताल उद्घाटन तथा विकास योजनामा सहयोगको आग्रह l
प्रिय धन, नवलपुर । नेकपा (एमाले) का केन्द्रीय सदस्य तिलक महतको नेतृत्वमा नवलपुर जिल्लाका तिन स्थानीय तहका प्रमुखहरू सहितको टोलीले प्रधानमन्त्री तथा







प्रतिकृया दिनुहोस