क्षयरोग नियन्त्रणका लागि मध्यबिन्दु नगरपालिकामा २ दिने आधारभूत तालिम सुरु ।
प्रिय धन, नवलपुर ।
क्षयरोग बिरामीहरूको प्रभावकारी व्यवस्थापन गर्नका लागि मध्यबिन्दु नगरपालिकामा २ दिने क्षयरोग आधारभूत तालिम सुरु भएको छ। जेठ ७ गतेदेखि सुरु भएको तालिम मध्यबिन्दु नगर कार्यपालिकाको सभाहल चोरमारामा भइरहेको हो। तालिम भोली, जेठ ८ गतेसम्म सञ्चालन हुनेछ ।
![]()
मध्यबिन्दु नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगर क्षेत्रभित्र कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको हो। आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सशर्त बजेटबाट सञ्चालित कार्यक्रमको रूपमा क्षयरोगसम्बन्धी मोडुलर तालिम संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख जयश्वर भुसालले जानकारी दिनुभयो ।
![]()
कार्यक्रमको उद्घाटन सत्रमा मध्यबिन्दु नगरपालिकाकी उपप्रमुख पूर्णकला चौधरी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। यस्तै, तालिममा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले सहजीकरणको भूमिका निर्वाह गर्नुभएको छ।
![]()
तालिममा मध्यबिन्दु नगर अस्पतालका रेमीमाया बयम्बु सोती, आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूबाट समीक्षा पराजुली, कल्पना शर्मा, सीता महतो, लक्ष्मीदेवी सापकोटा, निता खत्री, ईसा नेपाली, मनकुमारी चौधरी, निशा महतो, देवमाया गुरौ, देवकी भुर्तेल, विष्णुकुमारी महतो, पदमबहादुर दुरा, पूर्णकला थापा, संगीता आलेलगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ।
![]()
तालिममार्फत सहभागीहरूलाई क्षयरोगको पहिचान, उपचार, व्यवस्थापन तथा जनचेतनामूलक अभियान सञ्चालन सम्बन्धी विषयमा जानकारी प्रदान गरिने आयोजकले जनाएका छन्।
![]()
दशैंको भीडभाडमा डेङ्गु संक्रमणको जोखिम, सतर्क रहन मध्यबिन्दु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जयश्वर भुसालको आग्रह
प्रिय धन , नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयश्वर भुसालले चाडपर्वको समयमा
जनै पूर्णिमामा पनि डोकोको भार—६५ वर्षीय नन्दु गाहा मगरको जीवनसंघर्ष
धन, नवलपुर साउन २४ गते शनिबार, जनै पूर्णिमाको दिन। धेरैका घरमा किनमेलको चहलपहल बढिरहेको बेला नवलपुरको हुप्सेकोट गाउँपालिका–४ चारघरेका ६५ वर्षीय
प्रधानमन्त्रीसँग मध्यविन्दुसहित तीन पालिकाका प्रमुखहरूको भेटवार्ता, अस्पताल उद्घाटन तथा विकास योजनामा सहयोगको आग्रह l
प्रिय धन, नवलपुर । नेकपा (एमाले) का केन्द्रीय सदस्य तिलक महतको नेतृत्वमा नवलपुर जिल्लाका तिन स्थानीय तहका प्रमुखहरू सहितको टोलीले प्रधानमन्त्री तथा







प्रतिकृया दिनुहोस