मध्यविन्दु महोत्सव सर्ने संकेत
प्रिय धन l
नवलपुरको मध्यविन्दु नगरपालिकामा आगामी फागुन २२ देखि २४ गतेसम्म हुने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव – २०८१ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ । महोत्सव अवधिभर कृषि प्रविधि प्रदर्शनी, परम्परागत रैथाने परिकार प्रदर्शनी, अन्तरक्रिया कार्यक्रम, कृषि हाजिरीजवाफ प्रतियोगिता जस्ता कार्यक्रम हुनेछन्। साथै, स्थानीय किसान, कृषि अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी तथा वित्तीय संस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । नवजागरण नमूना माध्यमिक विद्यालय, चोरमाराको रंगशालामा ३ दिने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना हुनेछ । महोत्सव स्थलमा स्टल निर्माणको काम धमाधम चलिरहेको छ l
यसैबीच महोत्सवको नवजागरण नमुना माध्यमिक विद्यालयले स्थान वा समय परिवर्तन गर्न माग गरेको छ l गत फागुनको १२ गते विद्यालयको तर्फबाट प्रधानाध्यापक हरि प्रसाद देवकोटाको नेतृत्वमा नगरपालिकामा ध्यानाकर्षण पत्र समेत बुझाएको थियो र अहिले पनि आफुहरुको अडानमा अडिग भएको देवकोटाको भनाइ छ l
यस्तै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले विशेष गरी विद्यार्थीहरुकै लागि आयोजना गर्न लागिएको महोत्सवबाट विद्यार्थीले थप सिक्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो l तथापि महोत्सव हुने नहुने भन्ने कुराको अझै पनि छलफल चलिरहेको बताउनुभयो l उहाँले ठोस निर्णय तत्काल हुने पनि बताउनुभयो , अधिकारीले महोत्सव सर्ने संकेत समेत गर्नुभएको छ l
दशैंको भीडभाडमा डेङ्गु संक्रमणको जोखिम, सतर्क रहन मध्यबिन्दु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जयश्वर भुसालको आग्रह
प्रिय धन , नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयश्वर भुसालले चाडपर्वको समयमा
दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द
प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि
जनै पूर्णिमामा पनि डोकोको भार—६५ वर्षीय नन्दु गाहा मगरको जीवनसंघर्ष
धन, नवलपुर साउन २४ गते शनिबार, जनै पूर्णिमाको दिन। धेरैका घरमा किनमेलको चहलपहल बढिरहेको बेला नवलपुरको हुप्सेकोट गाउँपालिका–४ चारघरेका ६५ वर्षीय







प्रतिकृया दिनुहोस