नवलपुर सेवा समाज यूएई द्वारा सरस्वती आधारभूत विद्यालय मध्यविन्दु १२ मा अक्षयकोष स्थापना l
प्रिय धन , नवलपुर l
सरस्वती आधारभूत विद्यालय मध्यविन्दु १२ मा अक्षयकोष स्थापना गरिएको छ l नवलपुर सेवा समाज यूएई द्वारा ३० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक जनकराज पोख्रेलले जानकारी दिनुभयो l सोमबार सरस्वती पूजाको अवसर पारेर विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई चेक हस्तान्तरण गरिएको नवलपुर सेवा समाज यूएईका सल्लाहकार जितु ठकुरीले बताउनुभयो l
![]()
हिजो कार्यक्रमलाई सम्बोधन नवलपुर सेवा समाज यूएईका सल्लाहकार जितु ठकुरीले अहिले मोबाइल र इन्टरनेट मानिसको जीवनमा अभिन्न अंग बनिसकेको बताउनुभयो । विद्यालय जाने उमेरका बालबालिकासमेत फेसबुक र मोबाइल वा कम्प्युटर गेम खेल्न सहजै सक्ने र मानिसले डिजिटल प्रविधि र इन्टरनेटको माध्यमले विश्व ब्रह्माण्डकै सूचना प्राप्त गर्न सक्ने पनि ठकुरीले बताउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवलपुर सेवा समाज यूएईका संस्थापक अध्यक्ष भिम बहादुर हमालले शताब्दी देखि आएका कुराहरूलाई मनन गर्दै नवलपुर बासीको साथमा मानवीय विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको शिक्षा क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्न जरुरी भएको बताउनुभयो । उहाँले सभ्य, उन्नत, गतिशील, चेतनशील र सिर्जनशील समाजको निर्माण गर्ने एवं देश लाई विज्ञान र प्रविधिको बाटोमा अगाडी बढाउन साथै समृद्ध देश निर्माणको लागी तथा देशमा नयाँ पुस्ता निर्माण गर्न शिक्षा नै पहिलो ढोका भएको बताउनुभएको हो l
![]()
यस्तै हमालले गरिब एवं जेहनदार विधार्थीलाई सहयोग तथा सम्मान होस भन्ने उदेश्यले नवलपुर सेवा समाज यू.ए.ई.ले को वार्षिक कार्ययोजना अनुरूप नवलपुर जिल्लामा रहेका ४ नगरपालीका ,४ गाउँपालीका मा अवस्थित विद्यालयहरु मध्ये हरेक बाट एक लाई समेटेर ८ विद्यालयमा अक्षय कोष स्थापना गर्ने निर्णय बमोजिम नवलपुर सेवा समाज युएइले चौथो अक्षय कोष स्थापनार्थ कार्यक्रम चौथो कार्य समितिद्वारा चौथो अक्षयकोष निर्माण मध्य बिन्दु नगरपालिकामा सरस्वति आधारभुत विद्यालय मध्यबिन्दु १२ वेलहानीमा स्थापना गरेको पनि उहाँले बताउनुभयो l
![]()
विद्यालयमा अक्षयकोषको स्थापना गरेकोमा नवलपुर सेवा समाज यु ए इ संस्थालाई विद्यालयका प्रधानाध्यापक जनकराज पोख्रेलले विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो l
भारतमा मृत्यु भएकी प्रकृति लम्सालको न्यायको माग गर्दै अनेरास्ववियु मध्यविन्दुद्वारा दीप प्रज्वलन , ह्यारेस्मेन्टका कारण आत्महत्या गरेको वुवा सुनिल लम्सालको आरोप
प्रिय धन , मध्यविन्दु l भारतको उडिसा स्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युपछि प्रकृतिको
नवलपुर समाज दक्षिण कोरियाद्वारा नवलपुरमा सहयोग l
प्रिय धन , चोरमारा l नवलपुर समाज दक्षिण कोरियाले स्थापना दिवसको अवसरमा नवलपुरका विभिन्न क्षेत्रमा रहेका वृद्धआश्रम र अपाङ्ग केन्द्रमा न्यानो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
९ साउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र







प्रतिकृया दिनुहोस