नवलपुर समाज दक्षिण कोरियाद्वारा नवलपुरमा सहयोग l

प्रिय धन , चोरमारा l 

नवलपुर समाज दक्षिण कोरियाले स्थापना दिवसको अवसरमा नवलपुरका विभिन्न क्षेत्रमा रहेका वृद्धआश्रम र अपाङ्ग केन्द्रमा न्यानो अभियान कार्यक्रम अन्तर्गत आवश्यकता अनुसार न्यानो सामाग्री वितरण गरेको छ।

कावासोती(१२, पिठौली स्थित लक्ष्मीनारायण मन्दिर तथा वृद्धआश्रममा १ वटा खानेपानी तातो चिसो बनाउने मेसिन वाटर डिस्पेन्सर वितरण गरिएको छ। जहाँ ११ जना वृद्ध आमाबुबाहरु हुनुहुन्छ।

कावासोती - ८, मौलाकालिका अपाङ्ग सेवा संस्थामा न्यानो कार्पेट वितरण गरिएको छ।

कावासोती - ४, अपाङ्ग पुनर्स्थापना केन्द्रमा न्यानो कार्पेट वितरण गरिएको छ।

मध्यबिन्दु - २, अरबिन्द आश्रममा न्यानो टोपी र खाद्यान्न सामाग्री वितरण गरिएको छ। जहाँ ७० जना लाभान्वित हुनु भएको छ।

गैंडाकोट - २ , अपाङ्ग जीवन विकास संस्थामा न्यानो कपडा र खाद्यान्न सामाग्री वितरण गरिएको छ। जहाँ २० जना लाभान्वित हुनुभएका नवलपुर समाज दक्षिण कोरियाका सदस्य रिकमान थापाले जानकारी दिनुभयो l 

न्यानो अभियान एवं न्यानो सामाग्री वितरण गर्न आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण दक्षिण कोरियामा रहनुभएका नवलपुरवासी एवं गैर नवलपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरु, त्यसैगरी स्वदेश नवलपुरमा रहेर उक्त कार्यक्रम सफल बनाउन अहोरात्र खटिएर न्यानो सामाग्री सम्बन्धित स्थान पहिचान गरि वितरण गर्नु हुने सम्पूर्णमा संयोजक विष्णु काफ्लेले धन्यवाद व्यक्त गर्नुभएको छ l

प्रतिकृया दिनुहोस

भारतमा मृत्यु भएकी प्रकृति लम्सालको न्यायको माग गर्दै अनेरास्ववियु मध्यविन्दुद्वारा दीप प्रज्वलन , ह्यारेस्मेन्टका कारण आत्महत्या गरेको वुवा सुनिल लम्सालको आरोप

प्रिय धन  , मध्यविन्दु l भारतको उडिसा स्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युपछि प्रकृतिको

नवलपुर सेवा समाज यूएई द्वारा सरस्वती आधारभूत विद्यालय मध्यविन्दु १२ मा अक्षयकोष स्थापना l

प्रिय धन , नवलपुर l सरस्वती आधारभूत विद्यालय मध्यविन्दु १२ मा अक्षयकोष स्थापना गरिएको छ l नवलपुर सेवा समाज यूएई द्वारा ३० हजार रुपैयाँको अक्षयकोष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

९ साउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र