संस्थागत क्षमता स्वमुल्यांकनमा मध्यविन्दु नगरपालिकाको ७१.२५ प्रतिशत अंक

चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा ७१.२५ प्रतिशत अंक प्राप्त गरेको छ । 
आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले विभिन्न दश वटा विषयक्षेत्रमा गरेको स्वमुल्यांकनको आधारमा ७१.२५ प्रतिशत अंक प्राप्त भएको नगरपालिकाका लिजा फोकल पर्सन भोलानाथ शर्मा पौडेलले बताउनुभयो । यो अघिल्लो वर्षको स्वमुल्यांकन भन्दा ९.७५ प्रतिशतले बढी अंक हो । आ.व. २०७७/०७८ मा मध्यविन्दु नगरपालिकाले लिजामा ६१.५ प्रतिशत अंक प्राप्त गरेको थियो । नगरपालिकाले स्वमुल्यांकन नतिजा आफ्नो वेवसाईट मार्फत सार्वजनिक समेत गरेको छ । 
नगरपालिकाले विभिन्न विषय क्षेत्रमा गरेको स्वमुल्यांकनको आधारमा प्राप्त अंकको अन्तिम नतिजाको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर मुल्यांकन गर्नेछ । यसको आधारमा केही अंक थपघट भएको जानकारी नगरपालिकालाई गराउन सक्नेछ । 
नगरपालिकाले स्वमुल्यांकनको विषय क्षेत्रहरु क्रमशः शासकीय प्रवन्धमा ८३.३३ प्रतिशत, संगठन तथा प्रशासनमा ६८.७५ प्रतिशत, वार्षिक बजेट तथ योजना व्यवस्थापनमा ७२.७३ प्रतिशत, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ७०.४५ प्रतिशत, सेवा प्रवाहमा ७१.८८ प्रतिशत, न्यायीक कार्यसम्पादनमा सतप्रतिशत, भौतिक पूर्वाधारमा ७३.०८ प्रतिशत, सामाजिक समावेशीकरणमा ६० प्रतिशत, वातावरण संरक्षण एवम् विपद् व्यवस्थापनमा ५० प्रतिशत र सहकार्य र समन्वयमा ६०.६७ प्रतिशत अंक प्राप्त गरेको छ । 
मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले आगामी दिनमा नगरपालिकाको हाल भएको स्वमुल्यांकनमा कमजोर देखिएका क्षेत्रहरु सहित समग्र विषयक्षेत्रहरुमा सुधारको लागि योजनाबद्ध रुपमा अगाडी बढ्ने बताउनुभयो । उहाँले आगामी दिनमा नगरपालिकामा भएका कामहरुलाई अझ बढि व्यवस्थित, प्रभावकारी र सुशासनमैत्री बनाई उत्कृष्ट हुने लक्ष्यका साथ कार्य गरिरहेको बताउनुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यबिधि २०७७ लागु गरी स्थानीय तहको समग्र सुधारको क्षेत्रमा कार्य गरिरहेको छ । स्वयम् स्थानीय तहलाई नै सम्बन्धित विषय क्षेत्रमा कार्यविधि अनुसार स्वमुल्यांकन गर्न लगाई मन्त्रालयले गुणस्तर मुल्यांकन गर्ने गर्दछ ।
 

प्रतिकृया दिनुहोस

जन्मदिनमा विद्यार्थीको अनुकरणीय कार्य : लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसालाई गमला उपहार

नवलपुरको मध्यविन्दु नगरपालिका–७, अम्रसास्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरूले जन्मदिनलाई सिर्जनशील र सामाजिक उत्तरदायित्वसँग

नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त

नवलपुरको मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त हुनुभएको छ। क्याम्पस

मध्यविन्दु नगरपालिकामा प्यान वितरण सेवा शुभारम्भ l

मध्यविन्दु नगरपालिकामा स्थायी लेखा नम्बर (PAN) वितरण सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। नगरपालिकाबाटै स्थायी लेखा नम्बर प्राप्त गर्न सकिने भएपछि अब