विनयी त्रिवेणी गाउँपालिकाको स्थानीय पाठ्यक्रमको विमोचन
तिर्थराज डुम्रे
चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाको स्थानीय पाठ्यक्रम हाम्रो विनयी त्रिवेणीको आज विमोचन गरिएको छ । आधारभूत तह कक्षा १ देखि ८ सम्मको पाठ्यक्रमको आज विमोचन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले आज स्थानीय पाठ्यक्रम हाम्रो विनयी त्रिवेणीको बिमोचन गर्नुभयो । उहाँले स्थानीय तहको भौगलिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थिति सहितको स्थानीय पाठ्यक्रम निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पाठ्यक्रम अनुसारको पाठ्य पुस्तक निर्माण गरेर सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ्यक्रम सहितको पढाई सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा पाठ्यक्रम निर्माणको सहजिकरण गरेको साभ नेपाल, पोखराका अध्यक्ष डा. तुलसी प्रभासले पाठ्यक्रम निर्माणको चरणमा स्थानीय स्तरमा विभिन्न पक्षहरुको अध्ययन पस्चात पाठ्यक्रम तयार भएको भन्दै यसले विद्यार्थीहरुलाई आफ्नो स्थानीय तहको बारेमा जानकारी पाउन ठुलो मद्दत पुग्ने बताउनुभयो ।
माध्यामिक तह सम्मको शिक्षाको जिम्मेवारी पाएको स्थानीय तहले आधारभूत तह सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेर लागु गर्न सक्छ । पाठ्यक्रम बिमोचान कार्यक्रममा डा. तुलसी प्रभास र ज्योति प्रसाद रेग्मीले प्रशिक्षण गर्नु भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका सबै विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गाउँ कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
नदीजन्य पदार्थको अवैध ओसारपसारमा संलग्न १२ सवारीसाधन प्रहरी नियन्त्रणमा, २ लाख ८० हजार राजस्व संकलन
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा संलग्न १२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
जन्मदिनमा विद्यार्थीको अनुकरणीय कार्य : लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसालाई गमला उपहार
नवलपुरको मध्यविन्दु नगरपालिका–७, अम्रसास्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरूले जन्मदिनलाई सिर्जनशील र सामाजिक उत्तरदायित्वसँग
नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त
नवलपुरको मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त हुनुभएको छ। क्याम्पस




प्रतिकृया दिनुहोस