मयुर पोखरी सामुदायिक वनका कार्यसमिति सदस्यहरुले मृत्यु पस्चात नेत्रदान गर्ने
चोरमारा । नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकामा रहेको मयुर पोखरी सामुदायिक वन उपभोक्ता समूहका कार्यसमिति सदस्यले नेत्रदान गर्ने सामुहिक निर्णय गरेका छन् ।
कार्यसमितिमा रहेका १९ जना सदस्यले मृत्यु पस्चात आफ्नो नेत्रदान गर्ने निर्णय गरेको समूहका अध्यक्ष मदन थापाले बताउनुभयो । मृत्य पस्चात आफ्नो नेत्र अन्य नेत्रहिन भएका व्यक्तिहरुको जीवनमा उज्यालो छर्न सकोस् भन्ने भावना सहित कार्यसमिति बैठकबाट सो निर्णय गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
उहाँले अन्य व्यक्तिहरुले पनि मृत्य पस्चात आफ्नो अंग प्रदान गर्दा कुनै व्यक्तिको जीवन सहज हुन सक्ने भन्दै अंग दान गर्नको लागि अनुरोध समेत गर्नुभयो ।
सामुदायिक वनका पदाधिकारबाट शुरुवात गरिएको नेत्र दान अभियानलाई क्रमश उपभोक्ताहरु सम्म लैजाने उहाँले बताउनुभयो ।
नदीजन्य पदार्थको अवैध ओसारपसारमा संलग्न १२ सवारीसाधन प्रहरी नियन्त्रणमा, २ लाख ८० हजार राजस्व संकलन
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा संलग्न १२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
जन्मदिनमा विद्यार्थीको अनुकरणीय कार्य : लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसालाई गमला उपहार
नवलपुरको मध्यविन्दु नगरपालिका–७, अम्रसास्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरूले जन्मदिनलाई सिर्जनशील र सामाजिक उत्तरदायित्वसँग
नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त
नवलपुरको मध्यविन्दु नगरपालिका–७, चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा जीव नारायण अर्याल नियुक्त हुनुभएको छ। क्याम्पस




प्रतिकृया दिनुहोस