मध्यविन्दुका १५ मध्ये १४ वडामा रास्वपाको अग्रता
प्रिय धन , नवलपुर । २५ फागुन २०८२ , सोमबार ।
नवलपुर–२ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत शनिबार सार्वजनिक भएको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चिन्ह) ले स्पष्ट अग्रता हासिल गरेको छ। अन्तिम मतपरिणाम अनुसार घण्टी चिन्हले ४१ हजार ३४७ मत प्राप्त गर्दा सूर्य चिन्हले १५ हजार ७५५ र रुख चिन्हले १४ हजार ७१३ मत प्राप्त गरेका छन्। घण्टी र सूर्यबीचको मतान्तर २५ हजार ५९२ रहेको छ।
नवलपुर २ अन्तर्गत पर्ने मध्यविन्दु नगरपालिकाका वडा स्तरका मतपरिणामले पनि रास्वपाको बलियो उपस्थिति देखाएको हो। मध्यविन्दुका १५ वटा वडामध्ये १४ वटा वडामा घण्टी चिन्हले अग्रता कायम गरेको देखिन्छ।
वडा नं. १ मा घण्टीले १,१२४ मत प्राप्त गर्दा सूर्यले ४१० र रुखले १२४ मत प्राप्त गरेका छन्। वडा नं. २ मा घण्टीले १,२०९ मत ल्याउँदा रुखले २७५ र सूर्यले २७३ मत प्राप्त गरेका छन्। वडा नं. ३ मा घण्टी १,१०४ मतसहित अगाडि रहँदा रुखले २४६ र सूर्यले २११ मत पाएका छन्।
त्यसैगरी वडा नं. ४ मा घण्टीले ९८५ मत प्राप्त गरेको छ भने सूर्यले ४३७ र रुखले १७२ मत पाएका छन्। वडा नं. ५ मा घण्टी १,०१५ मतसहित अग्रस्थानमा रहँदा सूर्यले २६४ र रुखले २२६ मत प्राप्त गरेका छन्। वडा नं. ६ मा घण्टीले १,१२१ मत, सूर्यले ४२४ र रुखले २३१ मत प्राप्त गरेका छन्।
वडा नं. ७ मा घण्टीले १,०४१ मत प्राप्त गर्दा रुखले ३६० र सूर्यले २८९ मत पाएका छन्। वडा नं. ८ मा घण्टी १,०५६ मतसहित अगाडि रहँदा रुखले ३२९ र सूर्यले ३०३ मत प्राप्त गरेका छन्। वडा नं. ९ मा घण्टीले ८१५ मत, सूर्यले २२० र रुखले १९७ मत प्राप्त गरेका छन्।
वडा नं. १० मा घण्टीले १,०२८ मत ल्याउँदा सूर्यले ५७६ र रुखले ४०८ मत प्राप्त गरेका छन्। वडा नं. ११ मा कुल १,६२५ मतमध्ये घण्टीले ७६६, रुखले ४२२ र सूर्यले २६४ मत प्राप्त गरेका छन्।
वडा नं. १२ मा कुल २,७४७ मत खस्दा घण्टीले १,५१९ मत प्राप्त गरेको छ भने रुखले ५३१ र सूर्यले ३४८ मत प्राप्त गरेका छन्। वडा नं. १३ मा घण्टीले ४६८ मत ल्याउँदा सूर्यले ३६१ र रुखले २६१ मत प्राप्त गरेका छन्।
मध्यविन्दु नगरपालिका वडा नं. १४ भने अपवादका रूपमा देखिएको छ। उक्त वडामा सूर्य चिन्हले ५११ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा घण्टीले ४२९ र रुखले २८४ मत प्राप्त गरेका छन्। यस वडामा कुल १,३२७ मत खसेकोमा ८२ मत बदर भएको छ भने हलो चिन्हले ३ र अन्यले १८ मत प्राप्त गरेका छन्।
वडा नं. १५ मा पनि घण्टीले २,०४० मत प्राप्त गर्दै अग्रता कायम गरेको छ भने सूर्यले ६५६ र रुखले ४८४ मत प्राप्त गरेका छन्।
यसरी मध्यविन्दु नगरपालिकाका अधिकांश वडामा घण्टी चिन्हले उल्लेखनीय मतसहित अग्रता कायम गरे पनि वडा नं. १४ मा भने सूर्य चिन्ह अगाडि देखिएको तथ्याङ्कले देखाएको छ।
सुकुम्बासीमाथि दमन भएको भन्दै मध्यविन्दु नगरप्रमुख अधिकारीको सरकारप्रति कडा असन्तुष्टि
प्रिय धन , नवलपुर , १९ बैशाख २०८३ , शनिबार । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले सरकारका पछिल्ला गतिविधिप्रति
गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा
२५ चैत्र २०८२ नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि
नवलपुरका मतदान केन्द्र रहेका विद्यालयमा स्वयमसेवक नियुक्ति नभए जानकारी गराउन आग्रह
प्रिय धन नवलपुर, फागुन १८ – नेपाल शिक्षक महासंघ जिल्ला समिति नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीले नवलपुर जिल्लाभित्र मतदान केन्द्र तोकिएका सबै





प्रतिकृया दिनुहोस