नवलपुरका मतदान केन्द्र रहेका विद्यालयमा स्वयमसेवक नियुक्ति नभए जानकारी गराउन आग्रह

प्रिय धन नवलपुर, फागुन १८

नेपाल शिक्षक महासंघ जिल्ला समिति नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीले नवलपुर जिल्लाभित्र मतदान केन्द्र तोकिएका सबै विद्यालयमा नियमानुसार स्वयमसेवक नियुक्त गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै सो व्यवस्था कार्यान्वयन नभएको पाइए तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ।

उहाँका अनुसार केही विद्यालयमा सम्बन्धित केन्द्रका मतदान अधिकृतले विद्यालयका कर्मचारीमध्येबाट स्वयमसेवक नियुक्त नगरेको गुनासो प्राप्त भएको छ। निर्वाचन कार्यलाई प्रभावकारी, मर्यादित र व्यवस्थित बनाउन विद्यालयका कर्मचारीलाई स्वयमसेवकका रूपमा परिचालन गर्नु आवश्यक रहेको महासंघले जनाएको छ।

यस सन्दर्भमा कुनै पनि विद्यालयमा नियमानुसार स्वयमसेवक नियुक्त नगरेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन अध्यक्ष तिवारीले अनुरोध गर्नुभएको छ। त्यस्ता विषयमा जिल्ला मुख्य निर्वाचन कार्यालय वा नेपाल शिक्षक महासंघ नवलपुर जिल्ला समिति लाई सम्पर्क गरी जानकारी गराउन आग्रह गरिएको छ।

महासंघले निर्वाचन प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीलाई सजग रहन पनि आह्वान गरेको छ। प्रतिनिधि सभा सदस्यको निर्वाचन आउँदो फागुन २१ गते हुँदैछ l

प्रतिकृया दिनुहोस

सुकुम्बासीमाथि दमन भएको भन्दै मध्यविन्दु नगरप्रमुख अधिकारीको सरकारप्रति कडा असन्तुष्टि

प्रिय धन , नवलपुर , १९ बैशाख २०८३ , शनिबार ।  पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले सरकारका पछिल्ला गतिविधिप्रति

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

२५ चैत्र २०८२    नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि

मध्यविन्दुका १५ मध्ये १४ वडामा रास्वपाको अग्रता

प्रिय धन , नवलपुर । २५ फागुन २०८२ , सोमबार ।  नवलपुर–२ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत शनिबार सार्वजनिक भएको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र