सरकारी सवारी साधन राजनीतिक प्रयोजनमा प्रयोग नगर्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृत नवलपुरको कडा निर्देशन

प्रिय धन , नवलपुर । २९ माघ २०८२ , बिहिबार । 

नवलपुरका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभरिका सबै स्थानीय तहलाई सवारी साधन प्रयोगसम्बन्धी कडा परिपत्र जारी गरेको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारी साधन आचारसंहिताविपरीत प्रयोग भएको भन्ने गुनासो प्राप्त भएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो।

नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत  चिरन्जिवी रानाका अनुसार केही जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयको कामकाज बाहेक राजनीतिक कार्यक्रममा आवतजावत गर्दा सरकारी सवारी साधन प्रयोग गरेको भन्ने जानकारी आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। सोही आधारमा सबै स्थानीय तहलाई परिपत्र गर्दै चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सरकारी सवारी साधन कार्यालयीय कामबाहेक अन्य कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्न–नगराउन स्पष्ट निर्देशन दिइएको हो।

परिपत्रमा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सरकारी स्रोत–साधनको प्रयोगसँग सम्बन्धित सबै पक्षलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ। कार्यालयीय कामकाजबाहेक राजनीतिक सभा, बैठक, प्रचार–प्रसार, आमसभा, दलगत कार्यक्रम वा अन्य जुनसुकै गतिविधिमा सरकारी सवारी साधन प्रयोग गरिएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जारी गर्नुभएको उक्त परिपत्रमा निर्वाचनको समयमा सरकारी स्रोत–साधनको दुरुपयोग हुन नदिन विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख छ। उहाँले निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम राख्न सबै निकायले जिम्मेवार ढङ्गले आचारसंहिता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्रशासनले निर्वाचन अवधिभर अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ। आचारसंहिताविपरीत गतिविधि भएमा सूचना दिन सम्बन्धित निकायलाई आग्रह गर्दै आवश्यक परेमा स्थलगत अनुगमन तथा छानबिन गरिने बताइएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण प्रक्रिया भएकाले यसलाई स्वच्छ, पारदर्शी र मर्यादित बनाउन सबै सरोकारवाला पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गरेको छ। साथै, सरकारी स्रोत–साधनको दुरुपयोग रोक्न र निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना सुनिश्चित गर्न सबै स्थानीय तह, जनप्रतिनिधि तथा कर्मचारीलाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

२५ चैत्र २०८२    नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि

दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द

प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार ।  पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि

जनै पूर्णिमामा पनि डोकोको भार—६५ वर्षीय नन्दु गाहा मगरको जीवनसंघर्ष

 धन, नवलपुर साउन २४ गते शनिबार, जनै पूर्णिमाको दिन। धेरैका घरमा किनमेलको चहलपहल बढिरहेको बेला नवलपुरको हुप्सेकोट गाउँपालिका–४ चारघरेका ६५ वर्षीय