मातृभुमि छाडेर जाँदा मन भक्कानिएर आँखाभरि आँसु झरेको छ l
युवा खाडिमा गए , गाउँ सुनसान छ l
आदेश ज्ञवाली , १५ जेष्ठ २०८२ ।
गणतन्त्र दिवसको सबै नेपालीहरुमा शुभकामना l बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउंदा मेरो समाजबाट दैनिक म जस्ता दर्जनौं युवाहरु विदेश गइरहेका छन् । धेरै जसो गाउँ युवाविहीन भएका छन् । बुढाबुढी, केटाकेटी र महिलामात्र गाउँमा देखिन्छन् । समाजमा अहिले मलामी जाने मान्छे पाउन गारो छ l
जिल्ला प्रशासन कार्यालयमा दैनिक राहदानी बनाउन फारम भर्ने युवाहरुको भिड थामी नसक्नुको हुन्छ । वडा कार्यालयमा पनि सिफारिस लिने र नाता प्रमाणित गर्नेको भिड धेरै हुने गरेको छ l
मासिक सरदर १ हजार २ सयदेखि १ हजार ३ सयसम्म आवदेन पर्छ,छिट्टै राहदानी चाहिनेहरु काठमाडौं पुगेर पनि बनाएका छन् , धेरै जसोले जिल्लाबाटै राहदानी बनाउने गरेका छन् l
विदेश जाने अधिकांश १८ देखि माथि ४० बर्षसम्मका युवाहरु छन् । योग्यता अनुसारको जागिर, तलब नपाउंदा र घरमै व्यवसाय सञ्चालन गर्न डराउंदा युवाहरु बिदेशिने क्रम बढेको हो । हुन पनि किन नडराउन् ? जसो तसो गरी ऋण गरेर व्यवसाय सन्चालन गर्यो न त बजार छ न त मूल्य l धेरै जसो बिदेश जानेमा घरको सम्पत्ति बेचेर र ऋण गरेर बिदेश जाने म जस्ता युवाहरु धेरै छन् आज यो समाजमा l
हाल यहाँ केही गर्न नसके पनि ५,७ बर्ष विदेश बसेर भए पनि आफ्नै लगानिमा केही गरौंला भनेर विदेश पलाएन् हुने म जस्ता युवा खाडि पसेका छन् l युरोप , अस्ट्रेलिया , क्यानडा , अमेरिका , जापान जाने अधिकांशको सोंच भने यहाँ आउने नै छैन् , त्यहि देशको कार्ड लिने र उतै बस्ने धेरैको सोच छ l
अन्त्यमा :
अहिले सम्म सामाजिक काम गर्दै आईरहदा एक्कासी आज आफ्नो जन्मथलो ,आफ्नो मातृभुमि छाडेर जाँदा मन भक्कानिएर आँखाभरि आँसु झरेको छ l समाज परिवर्तन गर्न हिंडेका हातहरु आज जीवन परिवर्तन गर्न खाडि पसेको छ l म जस्ता कैयौं युवाहरुलाई मेरो एउटा सन्देश छ " हामीले कर्मभुमि बिदेश बनाएपनि आफ्नो स्वास्थ्यको ख्याल गरौँ , केही बर्ष बिदेश बसेपनि अन्तमा देशमा आएर लगानी गरौँ , देशमै केही गरौँ , बिदेशीको सधै भरि गुलामी नबनौं l
आदेश ज्ञवाली नवलपुरको मध्यविन्दु नगरपालिका ५ बाघखोर निवासी हुनुहुन्छ l बाघखोर युवा क्लवका संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँ विभिन्न सामाजिक कार्यमा सक्रिय रहनुभएको थियो l जेठ १५ गते ( आज ) उहाँको वैदेशिक रोजगारीका लागि फ्लाइट छ l
सुकुम्बासीमाथि दमन भएको भन्दै मध्यविन्दु नगरप्रमुख अधिकारीको सरकारप्रति कडा असन्तुष्टि
प्रिय धन , नवलपुर , १९ बैशाख २०८३ , शनिबार । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले सरकारका पछिल्ला गतिविधिप्रति
गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा
२५ चैत्र २०८२ नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि
मध्यविन्दुका १५ मध्ये १४ वडामा रास्वपाको अग्रता
प्रिय धन , नवलपुर । २५ फागुन २०८२ , सोमबार । नवलपुर–२ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत शनिबार सार्वजनिक भएको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र





प्रतिकृया दिनुहोस