चोरमारा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको पहाडी सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको हुप्सकोट गाउँपालिका–५ पांग्रेमा मोटरसाइकल अनियन्त्रित भइ सडकबाट एक सय ३० मिटर तल खस्दा बुलिङ्गटार गाउँपालिका–४ का ४६ वर्षीय सुर्यबिर वानटाकीको मृत्यु भएको हो ।
जिल्लाको कावासोती र दलदलेबाट पहाडी क्षेत्र जोड्ने कावासोती/दलदले–कुम्सोत–पोखरी–बुलिङ्गटार–डेडगाँउ सडक खण्डको कुम्सोत पोखरी खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मोटरसाईकल दुर्घटना हुदा गम्भीर घाइते भएका वानटाकीको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी मोहन बहादुर खाँणले बताउनुभयो ।