चोरमारा जंगलमा नवजात शिशुको शव फेला

0
169

चोरमारा । नवलपरासी पूर्व (नवलपुरको) मध्यबिन्दु नगरपालिका वडा नं. ५ को हरियाली सामुदायिक वन र ७ को विजय सामुदायिक वनको सिमानामा बुधबार नवजात शिशुको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सुचना अधिकारी मोहन बहादुर खाँणले दिनुभएको जानकारी अनुसार पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको वन क्षेत्रमा जेब्रा झोलामा पोको पारेर फालेको अवस्थामा नवजात शिशुको ( पुरुष ) शव फेला परेको हो । झोलामा महिलाले लगाउने रातो सुरुवालमा बेरेर फालिएको अवस्थामा शिशुको शव फेला परेको खाँणले बताउनुभयो । सामुदायिक वनले खटाएका वन हेरालु कर्मचारीले शव देखेपछि वन समूहमार्फत प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
शवको प्रकृती हेर्दा महिना पुगेर जन्मिएर फालेको जस्तो देखिन्छ । घटनाका बारेमा प्रहरी अनुसन्धानमा जुटिरहेको खाँणले जानकारी दिनुभएको छ ।
यस अघि गत कार्तिक ४ गते जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ४ को चुवा खोल्सा नजिक नाभी समेत नकाटिएको अवस्थाको साल–नाल सहितको नवजात शिशुको शव प्रहरीले फेला पारेको थियो । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्रन सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here