अपडेट छैन जिल्ला समन्वय समिति नवलपरासी पूर्वको वेवसाइट

तिर्थराज डुम्रे चोरमारा । कार्यालयबाट हुने कार्यसम्पादन र शुशासनमा पादर्शिता नविकरण गर्न भन्दै जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले सञ्चालन गरेको वेवसाइट लामो समय देखि खुलेको अपडेट छैन ।

0
77

तिर्थराज डुम्रे
चोरमारा । कार्यालयबाट हुने कार्यसम्पादन र शुशासनमा पादर्शिता नविकरण गर्न भन्दै जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले सञ्चालन गरेको वेवसाइट लामो समय देखि खुलेको अपडेट छैन ।
कार्यालयबाट हुने गतिविधि, जिल्ला भित्रका विकास निर्माण सहितको विषयहरुलाई थप पारदर्शिता गर्न भन्दै जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले २०७६ असार ११ गते www.nawalpur.dcc.gov.np वेवसाइट सार्वजनिक गरेको थियो । तर, कार्यालयको सो वेवसाइट लामो समय देखि अपडेट भने छैन । जसको कारण सेवाग्राहीहरु कार्यालयबाट हुने सेवाप्रवाह र भइरहेको कार्यहरुको बारेमा जानकार हुन पाएका छैनन् ।
वेवसाइट खुलेपनि त्यहाँबाट प्रदान हुने सुचनाहरु सो वेवसाइटमा उपलब्ध हुदैन । वेवसाइटमा पछिल्लो अपडेट आर्थिक वर्ष २०७७÷०७८ को जिल्ला दर सम्बन्धी निर्णय अपलोड गरेको देखिन्छ । तर, त्यो भन्दा अगाडीका धेरै सुचना निर्णयहरु पनि वेवसाइटमा अपलोड गरिएको छैन् । संविधान संशोधन मार्फत निशान छाप परिवर्तन भएको लामो समय हुदाँ समेत वेवसाइटमा पुरानै निशान छाप रहेको छ ।
वेवसाइटमा विभिन्न शिर्षकहरु राखिएको भएपनि केही शिर्षकहरु सम्बन्धी सुचना मात्रै छन् । ति सुचनाहरु वेवसाइट डिजनाईको समयमा अपलोड गरिएका हुन् । जिल्ला योजना शिर्षकमा जिल्लाको दुई वटा निर्वाचन क्षेत्रबाट संसद विकास कोष मार्फत विनियोजित बजेटको बारेमा अपलोड हुने गरेको देखिन्छ । आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजित बजेट अपलोड भएपनि आर्थिक वर्ष २०७६÷०७७ को बजेट सम्बन्धि कुनै जानकारी त्यहाँ उपलब्ध छैन ।
जिल्ला समन्वय समिति मार्फत भएका अनुगमन तथा प्रतिवेदन, जिल्ला सभाका निर्णय देखि कुनै पनि सुचना वेवसाइटमा उपलब्ध हुदैन । जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आलेको नाम र सम्पर्क बाहेक समितिका कुनैपनि सदस्यहरुको विवरण वेवसाइटमा अपलोड गरिएको छैन भने जिल्ला समन्वय अधिकारी चिरञ्जिवी पौडेल बाहेकका कर्मचारीहरुको विवरण वेवसाइटमा पाउन सकिदैन ।
जिल्ला समन्वय समितिले निजी डिजाइनर मार्फत कार्यालयको खर्चमा वेवसाइट डिजाइन गरेको थियो । वेवसाइट डिजानईरबाट पासवर्ड नपाउदा अपडेट हुन नसकेको समन्वय अधिकारी पौडेलले बताउनुभयो । पटकपटक सम्पर्क गर्दापनि डिजाइनरसंग सम्पर्क हुन नसकेको कारण अपडेट हुन नसकेको भन्दै उहाँले चाडैंनै वेवसाइटको नियमित अपडेट गर्न शुरु गर्ने उहाँले बताउनुभयो ।
वेवसाइट अपडेट नहुने समस्या त छ नै अर्को समस्या भनेको वेवसाइटमा नै छ । देशभरका जिल्ला समन्वय समिति देखि स्थानीय तह सम्मको वेवसाइटहरुको जानकारी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा पाइन्छ । तर, जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले सञ्चालन गर्ने वेवसाइटबारेको जानकारी भने मन्त्रालयको सो वेवसाइटमा पाइदैन । गण्डकी प्रदेश भित्रका अन्य १० वटा जिल्ला समन्वय समितिको वेवसाइट, इमेल र सम्पर्क नम्बर मन्त्रालयको वेवसाइटमा भएपनि त्यहाँ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को वेवसाइट www.ddcnawalparasieast.gov.np उल्लेख छ जुन कार्यालयको वेवसाइट होइन र सो वेवसाइटपनि खुल्दैन । त्यहाँ कार्यालयको इमेल ठेगना उल्लेख छैन भने सम्पर्क नम्बरमा जिल्ला समन्वय समितका अध्यक्षको फोन नम्बर उल्लेख गरिएको छ ।
मन्त्रालयको वेवसाइटमा समितिको वेवसाइट उल्लेख नभएको विषयमा आफुलाई जानकारी नभएको जिल्ला समन्वय अधिकारी पौडेलले बताउनुभयो । त्यस विषयमा कार्यालयबाट आगामी दिनमा समन्वय गरिने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को तिन वटा सम्पर्क फोनहरु ०७८–५४०४५२, ४५३ र ४५७ रहेका छन् । जसमध्ये ५४०४५३ सम्पर्क फोन वेवसाइटमा उल्लेख गरिएको छ । जुन फोन समेत बिग्रीएको कारण सम्पर्क हुन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here