मौषमको कारण मह उत्पादन घट्ने अनुमान

0
94

गंगा विश्वकर्मा
चोरमारा । प्रतिकुल मौसमले यस वर्ष नवलपुरमा महको उत्पादन घट्ने अनुमान गरिएको छ । केही दिन यता घाम नलाग्दा र अत्याधिक बढेको चिसो कारण महको उत्पादन घट्न सक्ने कृषी ज्ञान केन्द्र सम्र्पक इकाइ कावासोतिको प्रक्षेपण छ ।
मह उत्पादन गर्ने मुख्य समयमा नै चिसो बढेको छ । जसको कारण मौरीहरु चर्नको लागि बाहिर ननिस्कने कारण उत्पादनमा कमी आउने अनुमान गरिएको बाली संरक्षण अधिकृत मिरा चौधरीले बताउनुभयो ।
मौरी चर्नको लागि बाहिर ननिस्केको समयमा उनिहरुले यस अगाडी संकलन गरेको मह आफै खाने गर्छन् जसको कारण उत्पादनमा ह्रास आउछ । नवलपुरमा वार्षीक १५ टन मह उत्पादन हुदै आएको छ । जिल्लाको माग अनुसारको उत्पादन अझै जिल्लाबाट पुरा हुन नसकेको कारण अन्य जिल्लाबाट महको आपूर्ति गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
नवलपुरमा करिव एक सय ५० मौरिपालक कृषकहरु छन् । जिल्लाको देबचुली नगरपालिका, गैडाकोट नगरपालिका, कावासोति नगरपालिका, मध्यबिन्दु नगरपालिका सहितको स्थानममा मौरी पालक कृषकहरु रहेका छन् । यो समयमा तोरी खेती हुने भएकाले मह उत्पादन हुने यो मुख्य समय हो । मौषम सन्तुलित र शित लहरहरु नहुने र घाम लाग्नेहो भने उत्पादन बढ्ने सक्ने चौधरीले बताउनुभयो । वर्षमा कृषकहरुले पाँच पटकसम्म मह निकाल्छन् ।
मध्यविन्दु–६ टाँढीका मौरी पालक कृषक देवलाल काफ्लेले यस वर्षमा दुई पटकसम्म मह निकालेको बताउनुभयो । दुई दिन अगाडी मात्रै मह निकालेको कारण आफुलाई ठुलो क्षति नभएको उहाँले बताउनुभयो । यो अवधिमा मह ननिकाल्नेहरुलाई भने मौषमको कारण ठुलो ह्रास भएको उहाँले बताउनुभयो ।
मध्यबिन्दु ६ टाढीका मौरीपालक कृषक देवलाल काफ्लेले यस बर्ष दुइपटक सम्म मह निकालिसकेको जानकारी दिनुभयो । हिजोआजको मौसमले केहि ह्रास आएता पनि मौसमको सन्तुलन भएमा राम्रै फाइदा हुने बताउनुभयो । उहाले बार्षीक रुपमा ५ लाख सम्म आम्दानी गर्न सकिने राम्रो व्यबसाय भएको अनुभब सुनाउनुभयो । उहाको अहिले २७ घार मौरी रहेका छन् । त्यसबाट डेढ क्विइन्टल मह निकालिसक्नुभएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा व्यवसायिक रुपमा घारमा मौरीपालन हुदै आएको छ भने पहाडी क्षेत्रमा काठको घारमा मौरी पालन हुन्छ । पहाडी क्षेत्रमा उत्पादन हुने महको माग उच्च छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here