मध्यविन्दु–१५ मा सामुहिक खेती

0
96

गंगा विश्वकर्मा
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु–१५ का कृषकहरुले सामूहिक कृषि खेती थालेका छन् । सुर्य किरण कृषी सहकारी संस्था मध्यविन्दु–१५ भिउरामा आवद्ध दुई सय दुई जना कृषक मिलेर सामुहिक कृषि शुरु गरेका हुन् ।
पाँच वर्षलाई दश कठ्ठा जग्गा भाडामा लिएर कृषकहरुले धान सहितको नगदेवाली लगाउन शुरु गरेका छन् । धान खेती भित्राएपछि अहिले कृषकहरुले सो जमिनमा सामुहिक आलु खेति गरिरहेका छन् । यस वर्षदेखि सुरु गरिएको धान खेतीबाट राम्रो फाइदा भएपछि त्यसलगत्तै आलु खेती गरिएको संस्थाका अध्यक्ष हरिसचन्द्र ढकालले बताउनुभयो ।


सामुहिक खेतीका लागि बीउ व्यवस्थापन गरी कम्तीमा एक वर्षमा तिन बाली खेती उत्पादन गर्ने लक्ष्य लिएको ढकालले बताउनुभयो । उद्योग तथा कलकारखानामा मानिसहरु व्यस्त हुन थालेपछि कृषी योग्य जमिन बाझो बन्दै गएको भन्दै कृषिमा अव्बल बनाउन सामूहिक खेती शुरु गरिएको अध्यक्ष ढकालले बताउनुभयो ।
अहिले नगरपालिकाको अनुदान र संस्थाको समेत लागानीमा आलु लगाइएको हो । जसलाई गोडमेलको काम शुरु गरिएको ढकालले बताउनुभयो । यस वर्ष राम्रो आम्दानी हुने अपेक्षा राखिएको उहाँले बताउनुभयो । संस्थामा आवद्ध कृषकहरुलाई काम पुग्नेगरी आलोपालो प्रणालीमा श्रम गराइने उहाँले बताउनुभयो ।
भिउरान क्षेत्र सबै किसिमको कृषि बालीको लागि उर्वर भुमी भएकाले यहाँ सिजन अनुसार र बेसिजन दुवै तरकारी खेती गर्न सकिने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here