हुप्सेकोट-३ मा पशुका लागि निःशुल्क औषधि वितरण

0
101

प्रिय धन
चोरमारा । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-३ मा पशु पालक कृषकहरुलाई नि:शुल्क पशु औषधि वितरण गरिएको छ । वडाबाट विनियोजित दुई लाख रुपैयाँबाट वडा भित्रका पशु पालक कृषकहरुलाई निःशुल्क औषधि र भिटामिनहरु वितरण गरिएको वडा अध्यक्ष छविलाल मिधुनले बताउनुभयो । उहाँका अनुसार पशुका लागि जुकाको औषधि , माटेको औषधि , भिटामिन , क्याल्सियम लगायतका औषधि वितरण गरिएको हो । वडाभित्रका सबै पशुपालक कृषकका लागि प्रोत्साहन स्वरुप पशु औषधि वितरण गरिएको उहाँले बताउनुभयो । गाई, भैंसी, बाख्रा, भेडा र बंगुर पालक कृषकका लागि औषधि वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष यदुनाथ पाण्डेले बताउनुभयो । निशुल्क अौषधी वितरण शिविरमा सहभागी हुदै हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेले व्यवसायिक पशुपालक कृषकहरुका लागि गाउँपालिका मार्फत थप योजना ल्याउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हुप्सेकोटका विष्णु मरासिनी , कृषि विज्ञ राजेन्द्र गौडेल , हुप्सेकोट पशु शाखा प्रमुख नागेन्द्र शाह, वडाका निर्वाचित जनप्रतिनिधिहरु तथा पशुपालक कृषकहरुका उल्लेख्य सहभागिता रहेको थियो । उक्त पशु स्वास्थ्य शिविरबाट करिब ५०० जना कृषकले औषधि लगेको पनि पशु शाखा उपभोक्ता समितिका अध्यक्ष तथा काश्यप गाई फार्मका सञ्चालक कृषक यदुनाथ पाण्डेले बताउनुभयो ।
हुप्सेकोट गाउँपालिका – ३ ले केही दिन अघि ८० वर्ष नाघेका वडा भित्रका ६४ जना वृद्ध वृद्धाहरुलाई जाडोका लागि न्यानो कपडा र १ किलोग्रामको हर्लिक्स सहित सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here