ट्याक्टर चालकको मृत्युपछि दुम्किबास तनाबग्रस्त, पुनः राजमार्ग अवरुद्ध

0
89

चोरमारा । ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर नवलपुरको दुम्कीबास गएराति देखि तनावग्रस्त बनेको छ । गए राति विनयी खोलामा अवैद्य रुपमा बालुवा चोर्न गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना भई चालकको मृत्यु भएपछि राति देखिनै दुम्कीबास देखि बजार तनावग्रस्त भएको छ । दुर्घटनामा घाईते चालक दाङ राजपुर गाउँपालिका ४ निवासी २४ बर्षीय हरिश्याम यादवको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको थियो । राति विनयी खोलामा अवैद्य रुपमा बालुवा चोर्न गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना भई घाइते भएको चालकको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । तर, स्थानीय र ट्याक्टर मजदुरहरुले भने प्रहरीले कुटपिट गरेर मारेको दावी गरेको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबास अगाडी बालुवा प्रशोधनमा काम गर्ने मजदुर, ट्याक्टर चालक, स्थानीयले बिरोध प्रर्दशन सहित राजमार्ग अवरुद्ध गरिरहेका छन् । उनिहरुले विरोध प्रर्दशन सहित राजमार्ग अवरुद्ध गर्ने गरेका छन् भने प्रहरीले राजमार्ग खुलाउने गरिरहेको छ । जसको कारण झडपको स्थीति समेत सृजना भएको छ ।
प्रहरीले गएराति घटनालाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । अहिलेपनि दुम्कीबास क्षेत्र तनावग्रस्त रहेको छ । दुम्कीबास क्षेत्रमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै दुम्कीबास क्षेत्रमा प्रहरीको संख्या बढाइएको छ भने सशस्त्र प्रहरी बलबाट समेत त्यहाँ सशस्त्र प्रहरी परिचालन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here