सचेतना गोष्ठी सहित मध्यबिन्दु नगरपालीकामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

0
55

चोरमारा । मध्यबिन्दु नगरपालिकाका उपप्रमुख ओमकुमारी महतोले नगरपालीकाको साबिक बेलहानीलाई महिलाहिसां मुक्त घोषण गर्ने अभियानमा लाग्ने बताउनुभएको छ । बिहिबार लैगिंक हिसां बिरुद्धको १६ दिने अभियानको समापन समारोहमा बोल्दै उहाँले सबैको साथ र सहयोग प्राप्त भएमा महिलाहिसां मुक्त साबिक बेलहानी घोषणा गर्ने अभियानमा आफु लग्ने बताउनुभएको हो । महिलाहरुको सवालमा बढ्दै गएका हिंसाकालाई न्युनिकरण गर्नका लागि सबैको सहयोगको आवश्यक रहेको बताउनुभयो । न्यायीक समितिमा दर्ता भएका हिसांका घटना कम भए मात्र आफु न्यायीक समितिको संयोजक भएको औचित्य रहने भन्दै त्यसका लागि समेत आफु प्रयासरत रहेको बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा नै बोल्दै नगरकार्यपालिका सदस्य सिता पाठक देबकोटाले महिलाहरुका लागि संचालन गरेका तालिमहरुको व्यवहारमा प्रयोगमा नल्याएको गुनासो गर्नुभयो । जब सम्म तालीमलाई आफ्नो दैनिक व्यवहारमा उर्तान सकिदैन तब सम्म महिलाहरु प्रिर्बतन हुन नसक्ने भन्दै नगरपालिकाले संचालन गरेका हरेक तालिमलाई समाजमा देखीने गरि प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै वडा न १२ का अध्यक्ष कुल वहादुर गुरुङले अहिलेको परिबेशमा महिला मात्र नभई पुरुष पनि हिसांमा परेको भन्दै लिगंका आधारमा हुने हरेक हिसांहरुलाई दुबै मिलि सुल्झाउनुपर्ने बताउनुभएको थियो ।
सो अबसरको सहजिकरण सामाजिक शाखाकी कालिका देबी काफ्लले गर्नुभएको थियो । सहजीकरण गर्नुहुदै काफ्लले हिसांलाई सहनु हिसां गर्नु जत्तिकै भएको भन्दै समाजमा हुने हरेक तवरका हिसांलाई कानुनि उपचारद्धारा सुल्झाउनुपर्ने बताउनुभएको थिो ।
सो अबसरमा वडा १० का वडाअध्यक्ष चुडाबहादुर थापा, नया बेलहानी महिला बचत तथा क्रण सहकारी सस्था मध्यबिन्दु ११ का अध्यक्ष शेभा जिसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम मध्यबिन्दु नगरपालीकाको आयोजना तथा नया बेलहानी महिला बचत तथा क्रण सहकारी सस्थाको समन्वयमा भएको थियो । सो कार्यक्रममा करिब ३० जना महिलाहरुको सहभागिता रहेको थियो । यसअघि यसको अबसरमा नगरपालीकाको वडा न २, ३ र ९ मा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here