मध्यविन्दु नगर कार्यपालिका सदस्यद्वारा प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई स्वागत

0
99

चोरमारा । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटालाई आज नगर कार्यपालिकाका सदस्यहरुले स्वागत गर्नु भएको छ । मंसिर ३ गते नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हाजिर हुनु भएका सापकोटालाई आज नगरपालिका प्रमुख चन्द्र बहादुर रानाले खादा आढाएर स्वागत गर्नुभएको हो ।
नगर कार्यपालिका बैठकमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा कार्यरत सापकोटालाई स्वागत गरेपछि बैठक शुरु गरिएको थियो । सो क्रममा नगर कार्यपालिका सदस्यहरुले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । धनगढी उपमहानगरपालिबाट सापकोटा सरुवा भइ मध्यविन्दु नगरपालिका अउनुभएको हो । यस अघि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत चन्द्रकान्त न्यौपाने सुन्दर बजार नगरपालिका लम्जुङ सरुवा हुनु भएको छ ।
स्थानीय तह निर्वाचन पस्चात मध्यविन्दु नगरपालिकामा शिवराज सेढाई, कृष्ण पन्थी, दुर्गादत्त पौडेल र चन्द्रकान्त न्यौपानेले जिम्मेवारी सम्हालि सक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here