नवलपुरमा धान उत्पादनमा कमी

0
126

गंगा विश्वकर्मा
चोरमारा, ३० मंसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर जिल्लामा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष २ हजार ६ सय १२ मेट्रिक टन धान उत्पादनमा कमी आएको हो ।

यस वर्ष नवलपुुरमा ८९ हजार ७ सय ७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष जिल्लामा ९२ हजार ३ सय ९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष भन्दा यस वर्ष नवलपुरमा बढी क्षेत्रफलमा धान खेति भएको भएपनि धान उत्पादनमा भने कमी आएको कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत मोहन प्रकाश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस वर्ष धान पसाउने बेला रसायनिक मलको अभाव तथा पसाएको धानमा बिभिन्न रोग लागेको कारण धान उत्पादनमा कमी आएको हो ।

गत वर्ष नवलपुरमा २० हजार तिन सय २५ हेक्टर क्षेत्रफल धान खेति भएकोमा यस वर्ष २१ हजार ९ सय ५१ हेक्टरमा धान खेति भएको श्रेष्ठले बताउनुभयो । तर गत वर्ष भन्दा धेरै क्षेत्रफलमा धान खेति भएपनि यस वर्ष धान उत्पादनमा भने कमी आएको छ । गत वर्ष प्रतिहेक्टर ४ दशमलव ५५ मेट्रिक टन धान उत्पादन रहेको नवलपुरमा यस वर्ष उत्पादनमा कमी आएपछि प्रतिहेक्टर ४ दशमलव ०९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ ।

यस वर्ष कृषकहरुले धान पसाउने समयमा रसायनिक मल पाउन सकेका थिएनन् भने पसाएको धानमा समेत विभिन्न रोगहरु लागेको थियो । जसको कारण यस वर्ष धान उत्पादनमा कमी आएको कृषकहरुको समेत भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here