बिष्णु गौडेल , दर्पण एफ एम,
नेपाली सेनाको आयोजनामा मध्यविन्दु नगरपालिका १२ तमासपुरमा चेतनामुलक निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोर नवलुरको आयोजनामा तामासपुरमा निःशुल्क स्वास्थय शिविर सम्पन्न भएको हो । शिविरमा महिला पुरुष गरि ४ सय ५० जना स्थानिय सर्वसाधराणको स्वाथ्य परिक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो । शिविरमा स्वास्थ्य परिक्षणका लागि महिला २ सय १० , वालवालिका १ सय १७ र पुरुष १ सय जना आएको राष्ट्रिय सेवा दलका प्रमुख सेनानी अर्जुन खड्का ले जानकारी दिनु भयो । शिविरमा महिला, वालवाकिला, छाला , नशा लगाएतका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नु भएको थियो । राष्ट्रिय सेवा दल को आयोजना रहेको शिविरमा किल्नीक नेपाल चितवनले निशुल्क औषधी वितरण गरेको थियो भने भरतपुर अस्पताल चितवन र पुस्पाञ्जलि अस्पताल चितवनका स्वास्थ्य कर्मिहरु स्वास्थ्य परिक्षणमा खटिनु भएको थियो । राष्ट्रिय सेवा दलले प्रतेक वर्ष विभिन्न ग्रामिण क्षेत्रमा पुगि सर्वसाधराणमा स्वास्थ्य चेतना अभिवृद्धि गर्ने उद्धेश्य अन्तर्गत यो वर्ष मध्यविन्दु नगरपालिकाको तमासपुरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको राष्ट्रिय सेवा दलका प्रमुख सेनानी अर्जुन खड्काले वताउनु भयो ।
नेपाली सेनाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा स्व्वास्थ्य उपचार गराइ निशुल्क औषधी पाउदा स्थानिय सर्वसाधराण निकै खुशि भएका थिए । विशेषज्ञ डाक्टर सहितको शिवर आफुहरुले सोचेको भन्दा गणस्तरीय भएको मध्यविन्दु नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष कुल वाहादुर गुरुङले वताउनु भयो ।
शिविरमा स्वास्थय परिक्षण गारउने मध्य अधिकाशं छालाको समस्या भएका सर्वसाधराण रहेका थिए । करिव एक सय जनाको सुगर को परिक्षण गरिएको थियो । स्वास्थय परिक्षण गरिएका सर्वसधारणहरुमा जटिल किसिमको रोग तथा स्वास्थ्य समस्याहरु नरहेको वताइएको छ । शिविरमा राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोर नवलुरमा तालिमका लागि आएका विभिन्न जिल्लाका विधार्थिहरुले स्वयम सेवकको भुमिका निर्वाहा गरेका थिए ।