जनता मावि बिष्णुनगरमा हुने धनधान्याञ्चलको उद्घाटन पुर्व प्रधान न्यायाधिश पराजुलिले गर्ने

0
200

बिष्णु गौडेल , दर्पण एफएम ९९.२
प्राविधिक शिक्षा सञ्चालनार्थ बुधवार देखि जनता मावि कावासोती ६ विष्णुनगरमा सुरु हुन लागेको धनधान्याचल महायज्ञको पुर्व प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलिले गर्नु हुने भएको छ । वुधवार विहान कलश यात्रा सहित हुने धनधान्याञ्चलको उद्घटन पुर्व प्रधानन्यायाधिश पराजुलिले गर्ने तय भएको यज्ञ आयोजक समितीले जनाएको छ । विधालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि यहि बुधवार देखि फागुन २ गते सम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको सम्पुर्ण तयारी समेत सकिएको संयोजक हुमलाल सुवेदिले वताउनु भयो । वुधवार विहान १० वजे कावासोती फलफुच चोकमा वाट निस्कने वाजागाजा सहितको शोभायात्रा विधालय यज्ञ स्थलमा आइ उद्घाटन समारोह हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा पुर्व प्रधानन्यायाधिश गोपाल पराजुलि सहित, जनप्रतिनिधिहरु, समाजेविहरु लगाएतका विशिष्ट व्यक्तिहरुको उपस्थिति हुने विधालय व्यवस्थापन समितीका अध्यक्ष झविन्द्र काफ्लेले जानकारी दिनु भयो । धनधान्याञ्चल सञ्चालनका लागि आवश्यक पर्ने यज्ञ स्थल,मन्दिर , पुजा स्थल, सचिवालय निर्माणको काम पुरा भएको सह संयोजक शिवप्रसाद भट्टराइले जानकारी दिनु भयो । धनधान्याञ्चल उद्घाटन पुर्व करिव रु ७० लाख नगद वोलचन्दा संकलन भएको संयोजक हुमलाल सुवेदिले जानकारी दिनु भयो । समाजसेवि श्याम श्रेष्ठले ५ लाख ५५ हजार सहित कावासोती नगरपालिका वडा नम्वर १,५,६ , सामुदायिक वन समुहरु लगाएतवाट गरि अहिले सम्म ७० लाख नगद वोलचन्दा संकलन भएको जनाइएको छ । धनधायान्याञ्चलको तयारीका लागि विधालयका शिक्षक, स्थानिय सर्वसाधारण देखि हात्तिखोरमा रहेको नेपाली सेनाको पर्यावरण गणका जवानहरु समेत खटिएका थिए । वि.सं. २०११ सालमा स्थापना भइ वि.सं. २०४६ साल देखि माध्यमिक तह र वि.सं.२०६७ सालमा उच्च मावि कक्षा सञ्चालन भएको विधालयमा समयानुकुलका शिक्षा प्रदान गर्नका लागि धनधान्याचलन महायज्ञ सञ्चालन गर्न हो । बाल कक्षा देखि कक्षा १२ सम्म अंग्रेजि र नेपाली माध्यममा कक्षाहरु सञ्चालन हुने यस विधालयमा हाल ६ सय ६४ जना विधार्थी अध्ययनरत रहेको विधालयका प्रधानाध्यापक घनश्याम भुसालले जानकारी दिनु भयो । धान्याञ्चलमा प्रखर युवा वाचक श्रीचैतन्यकृष्णज्यूको प्रमुख वाचकत्वमा दैनिक धार्मिक कार्यहरु सञ्चाल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here