भानुदय वहुमुखी क्यापस दुम्किवासमा लोकतान्त्रीक समुह विजयी ।।

0
142

बिष्णु गौडेल,दर्पण एफएम ,
भानुदय बहुमुखी क्याम्पस दुम्कीबासको क्याम्पस संचालक समितिको अध्यक्षमा रेखा अधिकारी बिजयी हुनुभएको छ । नया कार्यसमिति चयनका लागि शुक्रबार भएको निर्बाचनमा लोकतान्त्रक समुहको नेतृत्व गर्नु भएकी रेखा अधिकारीको समुह विजयी भएको हो । अध्यक्षकी उमेद्धवार रेखा अधिकारीले १ सय १८ मत प्राप्त गर्दा प्रगतिशिल समुहका अध्यक्षका उमेद्धवार घनश्याम गिरिले ९६ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी दुइ जना महिला सस्यमा कान्तारानि सापकोटा र गिता घर्ति मगर विजयी हुनु भएको छ । लोकतान्त्रीक समुहकै कान्तारानि सापकोटाले १ सय ११ मत र गिता घर्ति मगरले १ सय १४ मत प्राप्त गरि विजयी हुनु भएको हो । महिला सदस्यका उमेद्धवार लक्ष्मी कुमारी काउछा ले ९६ मत र मिठु श्रेष्ठले ८५ मत प्राप्त गर्नु भयो । त्यसैगरी चार जना खुल्ला सदस्यमा समेत लोकतान्त्रीक समुहका उमेद्धवार नै विजयी भएका छन् । खुल्ला सदस्यमा हरिलाल भट्टराई , धर्म वाहादुर जिसि , इन्द्र प्रसाद पराजुलि , राम वहादुर रावल विजयी हुनु भएको हो । वि.स.२०६८ सालमा स्थापना भएको क्यापसको आजिवन सदस्य रहेको २ सय ३९ जना मतदाता मध्य २ सय १५ जनाले मतदान गरेका थिए । भानुदय वहुमुखि क्यापस स्थापना देखि हाल सम्म घनश्याम गिरि क्यापस सञ्चालक समितिको अध्यक्ष रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here