हुप्सकोट गाउपालिकाको आयोजना वृक्ष गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न

0
307

बिष्णु गौडेल , दर्पण एफएम,
१२ अ‍ैं गणतन्त्र दिवसको पुर्व सन्ध्यामा हुप्सेकोट गाउपालिकाको आयोजनामा शान्ति वन वाटिका पटुवाधापमा गोडमेल तथा सरसफई गरिएको छ । हुप्सेकोट गाउपालिका १ र ४ मा रहेको शान्ति वन वाटिकामा रहेका १ हजार ८ पिपलका वृक्ष गोडमेल तथा सरसफाई गरिएको हो । गत कात्तिक ३ गते शान्ति वन वाटिकामा वक्षारोपण गरिएका १ हजार ८ पिपलको वोट लाइ आज नेपाली सेनाको सहयोगमा गोडमेल गरिएको हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिनु भयो । धार्मिक तथा वातावरणीय दृष्टिकोणले महत्तोपुण मानिएको पिपलको संरक्षणका साथै पर्यटकिय गनतव्य निर्माणका लागि शान्ति वन वाटिकाको थप विकास गरिने अध्यक्ष पाण्डेले वताउनु भयो ।
स्थानिय समुदायले संरक्षण गर्दै आएको वन वाटिकालाइ गत वर्ष देखि गाउपालिकाले आफ्नै लगानिमा वृक्षारोपण लगाएतका कार्यहरु गर्दै आएको छ । वन वाटिकामा रोपिएका १ हजार ८ पिपलका विरुवाको संरक्षण संगै आन्तरीक पर्यटक भित्राउनका लागि थप योजनाहरु सञ्चालन गरिने हुप्सेकोट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिला वल्वभ न्यौपानेले वताउनु भयो । हिजो आज पनि वनभोजका लागि शान्ति वन वाटिका जानेको संख्या उल्लेख्य रहे पनि त्यसलाइ थप वढाउन विभिन्न कार्य गरिने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले वताउनु भयो ।
कार्यक्रममा हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डे , प्रमुख प्रशासकिय अधिकृत लिलावल्वभ न्यौपाने ,वन तथा पर्यावरण सुरक्षा गण हात्तिखोरका प्रमुख सेनानी शारदाभक्त ,राष्ट्रिय सेवा दलका सेनानी लक्ष्मण थापा , प्रमुख सुवेदार ज्ञानहरी खतिवडा, भुपु छहारी सैनिक संगठन हुप्सेकोट १ का हिरावाहादुर भुजेल, गाउपालिकाका वडा अध्यक्षहरु सहित स्थानियको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here